सुर्खेत, २८ असार ।
एनेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठन सुर्खेतले तत्कालीन अध्यक्ष रगवीर विश्वकर्मालाई संगठनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बुधवार र विहीवार सम्पन्न संगठनको सचिवालयको विस्तारित बैठकको निर्णय अनुसार विश्वकर्माले कार्यालयको आर्थिक हिसावकितावलगायतका सामानहरु गायब पारेको, संगठनलाई कार्यालयविहीन गराउने काम गरेको, मनोमानी हर्कत गरेको भन्दै संगठनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
संगठनद्वारा जारी विज्ञप्तिमा संगठनको आर्थिक संयोजकको जिम्मेवारी उपाध्यक्ष डम्मर सारु र संघसंस्था तथा सरकारी कार्यालय समन्वय विभागको संयोजकमा उपाध्यक्ष डम्मरबहादुर सोडारीलाई दिइएको छ । एनेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठन सुर्खेतले तत्कालीन अध्यक्ष रगवीर विश्वकर्मालाई संगठनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बुधवार र विहीवार सम्पन्न संगठनको सचिवालयको विस्तारित बैठकको निर्णय अनुसार विश्वकर्माले कार्यालयको आर्थिक हिसावकितावलगायतका सामानहरु गायब पारेको, संगठनलाई कार्यालयविहीन गराउने काम गरेको, मनोमानी हर्कत गरेको भन्दै संगठनको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
संगठन एनेकपा माओवादीको बस्तुवादी राजनीतिक कार्यदिशालाई ऐक्यवद्धता जनाउने बताउँदै विज्ञप्तिमा संगठनको मूलधारमा रहन सवैलाई आग्रह गरेको छभने कार्यालयको व्यवस्थापन नहुन्जेल सम्पर्कक कार्यालय एनेकपा माओवादीको कार्यालयमै रहने संगठनका अध्यक्ष रेश्मीलाल चपाईंद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
No comments:
Post a Comment