सुर्खेत, २० असार ।
नेकपा एमाले सुर्खेतले क्षेत्र नं. २ मा १३ सदस्यीय क्षेत्रीय संगठन कमिटीको सचिवालय गठन गरेको छ । बुधवार बसेको क्षेत्र नं. २ को संगठन कमिटीको पूर्ण प्रथम बैठकले गणेशबहादुर वली, पूर्णबहादुर थापा, टोपबहादुर खत्री, सीताराम पौडेल, मोहन गौतम, खडानन्द कँडेल, बागमति गुरुङ, प्रेम रामदाम, केशरबहादुर तारमी, कृष्णप्रसाद तिवारी, कालीप्रसाद आचार्य, रामकुमार दर्लामी र नरबहादुर विसी सम्मिलित सचिवालय गठन गरेको हो ।
कमिटीले आगामी असोज मसान्तभित्र गाउँ तथा नगरका वडा कमिटीको बैठक गरिसक्ने, भदौ मसान्तसम्म संगठित सदस्यता वितरण गर्नेलगायतका निर्णय भएको क्षेत्र नं. २ का प्रचार विभाग प्रमुख सीताराम पौडेलले बताए । क्षेत्रीय कमिटीका अध्यक्ष गणेशबहादुर वलीको अध्यक्षतामा भएको बैठकमा पार्टी अध्यक्ष नवराज रावत, राप परिषद सदस्य बालाराम शर्मा, पार्टी सचिव गगनसिंह सुनार, जिल्ला कमिटी सदस्य राजु गुईंदेललगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले सुर्खेतले क्षेत्र नं. २ मा १३ सदस्यीय क्षेत्रीय संगठन कमिटीको सचिवालय गठन गरेको छ । बुधवार बसेको क्षेत्र नं. २ को संगठन कमिटीको पूर्ण प्रथम बैठकले गणेशबहादुर वली, पूर्णबहादुर थापा, टोपबहादुर खत्री, सीताराम पौडेल, मोहन गौतम, खडानन्द कँडेल, बागमति गुरुङ, प्रेम रामदाम, केशरबहादुर तारमी, कृष्णप्रसाद तिवारी, कालीप्रसाद आचार्य, रामकुमार दर्लामी र नरबहादुर विसी सम्मिलित सचिवालय गठन गरेको हो ।
No comments:
Post a Comment