विगतको निर्णय कार्यान्वयन गराउन समितिलाई दवाव

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २० असार ।
    सुर्खेतमा स्थापना गर्ने भनिएको जडिबुटी संकलन केन्द्रलाई जग्गा दिन राजनीतिक दलहरुले विगतमा गरेको निर्णयलाई कार्यान्वयन गराउन सुर्खेत उपत्यका नगर विकास समितिलाई दवाव दिइएको छ । मंगलवार राजनीतिक दललगायत सरोकारवाला पक्षवीच भएको छलफलमा विगतमा दलहरुले केन्द्रलाई जग्गा दिने निर्णय गरेपनि समितिले उक्त निर्णय कार्यान्वयन नगरेकोले पुन: उक्त निर्णय कार्यान्वयन गर्न दवाव दिइएको हो ।
    बैठकमा दलहरुले विगतमा गरेको निर्णयलाई पुन: कार्यान्वयन गर्ने निर्णय भएको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले दलहरुले केन्द्रलाई जग्गा दिने निर्णय विगतमा गरिसकेको तर उक्त निर्णय कार्यान्वयन नभएकोले फेरि कार्यान्वयन हुनुपर्ने निर्णय गरिएको जनाए । जग्गा उपलव्ध नहुँदा भौतिक निर्माणका कामहरु हुन सकेको छैन । आएको बजेटपनि फिर्ता जाने सम्भावना बढेको छ । त्यस्तै बैठकमा सहभागी एनेकपा माओवादी सुर्खेतका सहइन्चार्ज कृष्ण जिसीले पहिलेको निर्णयलाई नै फेरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको बताए । उनले समितिले नै जग्गा दिने काममा वाधा उत्पन्न गराएको आरोप लगाउँदै यो अन्तिम अवसर भएकोले यदि जग्गा उपलव्ध गराउन नसके त्यसको जिम्मेवारी समिति नै हुनुपर्ने जिकिर गरे । जिल्लाकै प्रतिष्ठासंग जोडिएको केन्द्रलाई जग्गा उपलव्ध गराउने निर्णय कार्यान्वयन आलटालमा समितिको बद्नियत लुकेको उनको भनाइ छ । यससम्वन्धमा सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष ईश्वरभक्त सुनारसंग बुझ्न खोज्दा उनको मोबाइल सम्पर्क हुन सकेन ।

No comments:

Post a Comment