सोलुखुम्बु, १८ असार ।
घरको सुरक्षाका लागि घरपालेको मात्रै काम गर्दै आएको कुकुर स्कुल जाँदाको साथीसमेत बनेको खबरले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ । जंगलको बाटो र स्कुल जाँदा कोही साथी नभएपछि विद्यार्थीलाई कुकुर साथी लैजानाको विकल्प छैन । जुभिङ गाविस– ९ लेल्दुमका अभिभावकहरुले आफ्ना बालबालिकाको सुरक्षाका लागि यस्तो उपाय अपनाउँदै आएका हुन् ।
आफ्नो गाउँदेखि विद्यालयसम्म जान जंगलकै बाटो रहेको र विद्यालय जाने साथीसमेत नरहेकाले स्कुल जाँदा दुई वर्षयता आफ्नो छोराको साथमा कुकुर साथी पठाउँदै आइएको लेल्दुमका दावाग्याल्जेन शेर्पाले बताए । आफ्नै गाविसको बम्बुरी भन्ने स्थानमा रहेको स्कुलभन्दा छिमेकी गाविस वाकुको हिलमा रहेको सरस्वती प्राथमिक विद्यालय नजिक हुने र जंगलको बाटो भएका कारण कुुकुरलाई साथीका रुपमा पठाइंदै आएको शेर्पाले बताए । घरको सुरक्षाका लागि घरपालेको मात्रै काम गर्दै आएको कुकुर स्कुल जाँदाको साथीसमेत बनेको खबरले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ । जंगलको बाटो र स्कुल जाँदा कोही साथी नभएपछि विद्यार्थीलाई कुकुर साथी लैजानाको विकल्प छैन । जुभिङ गाविस– ९ लेल्दुमका अभिभावकहरुले आफ्ना बालबालिकाको सुरक्षाका लागि यस्तो उपाय अपनाउँदै आएका हुन् ।
आफ्ना बालबच्चासंगै कुकुरलाई विद्यालय पठाएपछि आफूहरु ढुक्क रहने उनीहरुको भनाइ छ । ‘आफू पुर्याउन जाउँ भने घरको काम कसले गर्ने ? अनि कुकुर नपठाएर के गर्ने त ?’ प्रतिप्रश्न गर्दै शेर्पाले भने । विद्यालय जाँदा सहपाठी साथी नभए पनि कुकुर भएपछि थप सुरक्षितसमेत महसुस हुने गरेको विद्यार्थी गेल्बु शेर्पाले बताए । ‘बिहान हामीसंगै आउँछ, दिनभरि कता जान्छ थाहा हुँदैन, ४ बज्न लागेको बेला फेरि आउँछ, अनिसंगै जान्छौं’ गेल्बुले भने । जुभिङकै पांगोम भन्ने स्थानका अभिभावकले समेत यसको सिको गर्न थालेका छन् ।
No comments:
Post a Comment