सुर्खेत, १८ असार ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले सोमवार आफ्ना अधिकृत तहका प्रहरीहरुलाई मानवअधिकार सम्वन्धि अनुशिक्षण तालिम दिएको छ । मध्यपश्चिम क्षेत्रभित्र बिभिन्न जिल्ला र युनिटमा कार्यरत करीव ३० जना अधिकृत तहका प्रहरीहरु तालिममा सहभागी भएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जको सहयोगमा भएको कार्यक्रममा आधारभूतरुपमा मानवअधिकारका सवालहरुमा प्रहरी जानकार हुनुपर्नेमा सहभागीहरुको जोड थियो । तालिममा आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलले राज्य जहिले पनि कानुन र मानवअधिकारको प्रमुख कार्यन्वयनकर्ता भएका कारण प्रहरीपनि राज्यको एउटा महत्वपूर्ण अंग हुनुका नाताले प्रहरीले मानवअधिकार पालना गर्नुपर्नेमा जोड दिए ।क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले सोमवार आफ्ना अधिकृत तहका प्रहरीहरुलाई मानवअधिकार सम्वन्धि अनुशिक्षण तालिम दिएको छ । मध्यपश्चिम क्षेत्रभित्र बिभिन्न जिल्ला र युनिटमा कार्यरत करीव ३० जना अधिकृत तहका प्रहरीहरु तालिममा सहभागी भएका थिए ।
कार्यक्रममा पत्रकार महासघं सुर्खेतका अध्यक्ष दुर्गा थापाले राज्य पक्षबाट भएका मानवअधिकारको गम्भीर उलघंनका घटनाहरु मिडियामा आएपनि त्यसलाई सकारात्मक रुपमा लिएर सच्याए उपलव्धी हुने सुझाव दिए । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी पार्वती थापाले आफ्ना मातहतका प्रहरीहरुलाई जनताको सेवक भएर खट्दा मानवधिकारका कुरा मा विशेष ध्यान दिन निर्देशन दिइन् ।
No comments:
Post a Comment