सुर्खेत, ८ साउन ।
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–६९ सुर्खेतको १९ औं साधारणसभाले पीताम्वर आचार्यको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको सभाले सर्वसम्मत चयन गरेको कार्यसमितिका अन्य पदाधिकारीहरुमा देवेन्द्र सेजुवाल उपसंयोजक, चित्र के.सी. सचिव, दीपक खनाल सहसचिव, सीमा चन्द कोषाध्यक्ष र सदस्यहरुमा अनिलबहादुर शाही, निर्मला अधिकारी, एकेन्द्र जैशी र टंकप्रसाद ढकाल रहेका छन् ।
एम्नेस्टी इन्टरनेशनल नेपाल राष्ट्रिय कार्य समितिका सदस्य यशोदा उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा एम्नेस्टी इन्टरनेशनल नेपाल समूह– २ का संयोजक सरस्वती गौतम, मानव अधिकार संगठन सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी, समूह–६९ का संस्थापक संयोजक भानुभक्त भारती, लिलाधर गौतम, हरिहरनाथ योगी लगायतले बोलेका थिएभने साधारणसभा संंयोजक विष्णुप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–६९ सुर्खेतको १९ औं साधारणसभाले पीताम्वर आचार्यको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको सभाले सर्वसम्मत चयन गरेको कार्यसमितिका अन्य पदाधिकारीहरुमा देवेन्द्र सेजुवाल उपसंयोजक, चित्र के.सी. सचिव, दीपक खनाल सहसचिव, सीमा चन्द कोषाध्यक्ष र सदस्यहरुमा अनिलबहादुर शाही, निर्मला अधिकारी, एकेन्द्र जैशी र टंकप्रसाद ढकाल रहेका छन् ।
No comments:
Post a Comment