सञ्चार क्षेत्रमा भएको विकास संगै नेपालका कुना कन्दरामा जताततै आधुनिक गीत र पपगीतले स्थानीय वस्तीसमेत संगीतमय भएका छन् । गाउँघरतिर औंलामा गन्न सकिने मान्छेले मात्र संगीतमा चासो दिएको देखिदैंनन् । सबैतिर संगीतको लहर चलिरहेका वेला भने पश्चिम दैलेखका केही गाविसमा वेग्लै खाले रौनकता देखिन्छ । उनीहरु गीत संगीतभन्दा पनि आफ्नो परम्परागत संस्कृति नाच ओझेलमा पर्ने होकि भन्ने चिन्तामा छन् । हुड्ेक नाँचलाई संरक्षण गर्न केही गाविसका स्थानीयवासी लागि परेका छन् ।
पश्चिमीलेहरुको लोकसंस्कृतिको रुपममा चिनिने हुड्के नाँच ओझेलमा परेको देख्दा कतिपय मानिसहरुले मनसमेत दुखाउने गरेको चामुण्डाका ८७ वर्षीया दया कामीले बताए । ‘पहिला त राम, रतेरी (रमाइलो गर्दा) हँुदा कसैको छोरा भयो भन्या हुड्के ल्याएर नचाउँथे रमाइलो हुन्छियो आजभोलिका तन्नेरी के अरु नै खेलो मेलो गर्छन् मकन मन लाग्दैनन्’ उनले भने । हुडेकमा महाभारत कथा जातजातिको वंशावलीसमेत भट्टयाइन्छ । ‘१६ वर्षको कलिलै उमेरमा वाबाले मलाई हुड्के नाच्न सिकाँया, आफ्नो संस्कृति बचाउनु अहिले त्यही हुड्के नाच नाच्दै आयाको छु ,’ पादुका–२ धामीगाँउका गोविन्द दमाईले भने । ‘अहिलेसम्म सन्तानमै म मात्र हुड्के नाच नाच्छु,’ उनले भने । उनीपछि हुड्के नाचलाई धान्न अरु कोही नभएकाले हुड्के नाच लोप हुने उनको चिन्ता रहेको छ ।
विशेष गरी गाउँघरमा हुने विवाह, छंैठी, न्वारन, व्रतवन्धलगायतका स्थानीय संस्कृतीहरुमा हुड्के नाचको महत्व हुने गर्दछ । लहरे, घुम्ने, ठाडे र प्रस्टाउने गरी चार किसिमका हुड्के नाँच नाचिने गरिन्छ । नाचका लागि ३ जना स्वर मिलाउने हुन्छन् उनीहरुको हुड्के नाचमा महत्वपूर्ण भूमिका हुन्छ ।
‘फ्रान्सेली नागरिकको सहयोगमा काठमाडौं कीर्तिपुर गएर ४ दिन आफ्नो परम्परागत नाच देखाइयो’ गोविन्दले भने भने ‘अव परम्परा जोगाउन सकिएन भने कुलदेखि चलिआएको हाम्रो संस्कृति सकिने छ । अहिले हाम्रो परम्परालाई विभिन्न कार्यक्रममा समेत देखाउने गरेका छौं, यो खुसीको कुरा हो’ उनले भने । विवाहलगायतका कार्यक्रममा ३ सय देखि ५ सयसम्म कमाइ हुने उनको भनाइ रहेको छ ।
जिल्लाभर हुड्के नाच देखाउने ६ जना रहेको हुड्के नाच्नेहरुको तथ्यांकमा उल्लेख छ । जसमा गोमे दमाई (नेपा), खुड्के दमाइ, मागे दमाई पादुकामा, गाने दमाई र प्रेम दमाई डम्सुर, लयाटीविन्द्रासैनी, र तिलेपाटा गाविसमा एक जना रहेका छन् ।
लयाटीविन्द्रासैनी गाविसका गाने दमाईका वावुले २०४७ सालमा राजा वीरेन्द्रको सुर्खेत सवारी भएको वेला राजा वीरेन्द्रबाट पुरस्कारसमेत पाएका थिए । आफ्नो बाजेले भनेको गीत केही हरफ उनले यसरी सुनाए :
जामुकुइन्या पुल पढी जाउ, विजुली जली जाउ सरकारको निकायो भयो सब दु:ख हटिजाउ ।
भन्ने गीत भनेर राजा वीरेन्द्रबाट पुरस्कार पाएको सुनाए । आफ्नो बाजेको गीतबाट सरकारसंग माग गरेकाले जामुकुइन्यामा पुल परेको उनले बताए । अहिले त्यो पेशालाई निरन्तरता दिन उनका छोरा प्रेम दमाई हुड्के नाच नाँच्दै आएको उनले थपे ।
No comments:
Post a Comment