लिओनार्दो डिक्याप्रियोबारे केही तथ्य

    लिओनार्दो १७ वर्षो उमेरदेखि लगातार विभिन्न काम गर्दै आइरहेका छन् । उनी वातावरण बचाउ सम्बन्धी कार्यक्रममा विशेष रुचि राख्छन् । उनको नाम कलाकार लिओनार्दोको नामलाई आधार मानेर राखिएको हो । उनले भन्ने गरेका छन्, ‘गर्भमा हुँदा मेरी आमालाई मैले कुनै पेन्टिङ गरिरहेको महसुस भएछ, त्यसैले मेरो नाम लिओनार्दो रहेको हो ।’  लिओनार्दो सानैदेखि अभिनयका सोखिन थिए ।
२३ वर्षको उमेरमा उनले अभिनय गरेको टाइटानिक हिट भएपछि त झन् उनको अभिनय यात्रा सफल हुँदै गयो ।
    अभिनयमा नआएको भए लिओनार्दो ट्राभल एजेन्ट हुने थिए । उनले बारम्बार अन्तर्वार्तामा भन्ने गरेका छन्, ‘म अभिनयमा नभएको भए एउटा ट्राभल एजेन्सी चलाउँथें र आफैं पनि विश्व घुम्न जान्थें ।’ उनी घरपालुवा जनावरका सोखिन छन् । उनले केही दर्जन कुकुर र एउटा माउसुली पनि पालेका छन् । आफू चलचित्रमा अभिनय गर्ने भएपनि लिओनार्दो टिभीका सिरियल बढी मन पराउँछन् ।


No comments:

Post a Comment