माधुरीलाई एक दिनको १ करोड

    बलिउडकी भेट्रान अभिनेत्री माधुरी दीक्षितको भाउ छोइनसक्नु रहेको कुरा पछिल्लो घटनाले पुष्टि गरेको छ । उनले मात्र एक दिनको कामका लागि १ करोड भारु पारिश्रमिक पाउने भएकी छिन् । आखिर कस्तो कामका लागि होला यतिविधि धन ? भन्ने जिज्ञासा तपाईंमा उत्पन्न हुनु स्वभाविकै हो । सायद कुनै फिल्ममा अभिनय गर्नका लागि वा कुनै कार्यक्रममा नाच्नका लागि पो हो कि भन्ने लख पनि काट्नुहोला ।
    तर उनले यतिधेरै रकम पाउन लागेको न कुनै फिल्ममा अभिनय गर्नका लागि हो, न कुनै स्टेज कार्यक्रमका लागि हो । उनले त एक टेलिभिजन रियालिटी शोमा एक दिनका लागि जज बनिदिएबापत यत्रो रकम पाउने भएकी हुन् ।
कलर्स टेलिभिजनको डान्स रियालिटी शो ‘झलक दिखाला जा’ मा निर्णाकको कुर्सीमा बसिदिएबापत माधुरीले हरेक एपिसोडको १ करोड भारु पाउनेछिन् । हप्तामा २ दिन प्रशारण हुने यो नाच शो निकै चर्चित कार्यक्रम हो । नर्तकी परीको रुपमा चिनिने माधुरी दीक्षितले कुनै बेला बलिउडमा राज गरेकी भएपनि बिहेपछि भने उनले उत्कृष्ट पुनरागमन जनाउन सकेकी छैनन् । उनको पछिल्लो बलिउड फिल्म सन् २००७ को आजा नाचले हो । स्मरण रहोस् ‘झलक दिखाला जा’ को अघिल्लो वर्षको चौथो संस्करणमा पनि माधुरीले निर्णाकको भूमिका निर्वाह गरेकी थिइन् ।
    उनी निर्णाक मात्र नभएर बेलाबेलामा स्टेजमा आएर प्रतियोगी र पाहुनासंग समेत कम्मर मर्काएर नाच्ने गरेकाले चौथो संस्करणमा पनि निकै लोकप्रिय बनेकी थिइन् । माधुरीले एक एपिसोडको एक करोड पाउने चर्चा बजारमा चलेपनि कलर्स टेलिभिजन र माधुरी दीक्षित आफैले भने यसबारेमा केही पनि बोलेका छैनन् ।

No comments:

Post a Comment