ग्यास र मट्टितेलमा छुट

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौं, २७ भदौ ।
    सरकारले न्यून आए भएका विद्यार्थी, किसान र ग्रामीण भेगमा बसोबास गर्ने विपन्न वर्गलाई पेट्रोलियम पदार्थमा छुट दिने भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको २०६८ माघ १९ को निर्णयअनुसार सो सुविधा प्रदान गर्न लागिएको हो ।  विज्ञप्ति अनुसार खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ५० र मट्टितेलमा १० छुट दिने निर्णय भएको छ । अर्थ मन्त्रालयले बुधवार गरेको निर्णयका आधारमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले सामुदायिक उच्च मावि तथा सरकारी विश्वविद्यालय र पब्लिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई सो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा जनाइएको छ ।
    कृषकले कृषि प्रयोजनका लागि प्रयोग गर्ने डिजेलमा छुट दिनका लागि कृषि विकास मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको र न्यून आय भएका जनताका लागि गरिबी निवारण कोषले परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको र सो काम सम्पन्न हुनासाथ सबै न्यून आय भएका वर्गका लागि राहत दिइने पनि उल्लेख गरिएको छ ।

No comments:

Post a Comment