गरीब परिचयपत्र असोज १ देखि

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौं, २७ भदौ ।
    सरकारले निरपेक्ष गरिबीको रेखामुनि रहेका गरीबको परिचयपत्र वितरणका लागि आवश्यक कार्य प्रारम्भ गरेको छ । गरीब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालयद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा असोज १ गतेबाट काम सुरु गर्ने जानकारी दिएको हो ।    तेस्रो नेपाल जीवनस्तर सर्वेक्षणका अनुसार २५.२ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । हिलो चरणमा बढी गरिबीको दर भएका २५ जिल्लामा कार्यक्रम सुरु गरिने बोर्डका अध्यक्ष जनकराज जोशीले जानकारी दिए ।
    गरिबी निवारण कोषका उपाध्यक्षसमेत रहेका जोशीले गरीब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण सम्बन्धी कार्य प्रगति वितरणबारे जानकारी दिंदै २०६५ बाट कार्यक्रम अघि बढाएपनि सफल हुन नसकेको उल्लेख गरे ।
    आर्थिक, मानवीय र सामाजिक रूपमा पछि पारिएका गरीबलाई कसरी मूल प्रवाहमा ल्याउने भन्ने कार्यक्रम तय गर्ने बोर्डले तयारी गरेको उल्लेख गर्दै उनले देशभरिका गरीब परिवारका तथ्यांक संकनल गरी अभियानका रूपमा कार्यक्रमलाई अघि बढाइने जानकारी दिए । बोर्डका सदस्य सचिव राजबाबु श्रेष्ठका अनुसार केन्द्रमा समन्वय बोर्ड रहने छभने स्थानीय विकास अधिकारीको सभापतिको अध्यक्षतामा जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला गुनासो सुनुवाइ समिति रहनेछ ।

No comments:

Post a Comment