काठमाडौं, २८ भदौ ।
नेपाल पत्रकार महासंघ बझाङका सचिव नरेश खड्काको निधन भएको छ । समाचार संकलनका लागि चैनपुर बजार गइरहेका बेला भीरबाट खसेको ढुंगा लागेर घाइते भएका खड्काको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ बजे निधन भएको हो । ढुंगाले लागेर गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो । बझाङ हेमन्तवाडा घर भएका खड्का नयाँ पत्रिका दैनिकमा आबद्ध थिए । २८ वर्षीय खड्काका श्रीमती एक छोरा र एक छोरी छन् ।
खड्काको शव अन्तिम संस्कारका लागि बझाङ लगिएको छ । यसैबीच प्रेस चौतारीले बिहीबार विज्ञप्ति जारी गर्दै खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । उनी प्रेस चौतारी बझाङका उपाध्यक्ष थिए । ‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक सिर्जनशील युवा पत्रकार गुमाएको छ भने हाम्रो संगठनले एक जुझारु र प्रतिबद्ध सहकर्मी गुमाएको छ,’ महासचिव विष्णु रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’ यस दु:खद घडीमा पत्रकार खड्काले पुर्याएको योगदानको सदा स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गर्दै हाम्रो संगठन उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’ चौतारीले उनको निधनले शोकाकूल भएका परिवारजन तथा आफन्तलगायत सहकर्मीहरु प्रति समवेदना प्रकट गरेको छ । नेपाल पत्रकार महासंघ बझाङका सचिव नरेश खड्काको निधन भएको छ । समाचार संकलनका लागि चैनपुर बजार गइरहेका बेला भीरबाट खसेको ढुंगा लागेर घाइते भएका खड्काको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ बजे निधन भएको हो । ढुंगाले लागेर गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो । बझाङ हेमन्तवाडा घर भएका खड्का नयाँ पत्रिका दैनिकमा आबद्ध थिए । २८ वर्षीय खड्काका श्रीमती एक छोरा र एक छोरी छन् ।

No comments:
Post a Comment