काठमाडौं, २८ भदौ ।
सत्ता साझेदार दलको तीव्र विवादबीच सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुवेरसिंह रानालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार अपरान्ह बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री राजकिशोर यादवले जानकारी दिए । आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ठ हुन् । उनी महानगरीय आयुक्त कार्यालयका प्रमुख थिए ।
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले तेस्रो बरियताका भीष्म प्रसाईलाई आईजीपी बनाउने अडान नछाडेपछि एक महिनासम्म नियुक्ति अड्किएको थियो । सरकारले कामु तोक्न नसक्दा आईजीपी रविन्द्रप्रताप शाह बिदामा बस्न पाएका थिएनन् । उनी एक महिनाअघि नै बिदामा बस्नुपर्ने थियो । शाहले शुक्रबार अवकाश पाउने भएपछि सरकारलाई बिहीबार नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्न दबाब थियो सत्ता साझेदार दलको तीव्र विवादबीच सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुवेरसिंह रानालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार अपरान्ह बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा रानालाई आईजीपी नियुक्त गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री राजकिशोर यादवले जानकारी दिए । आईजीपीका लागि दाबेदार तीनमध्ये राना सबैभन्दा वरिष्ठ हुन् । उनी महानगरीय आयुक्त कार्यालयका प्रमुख थिए ।

No comments:
Post a Comment