६ गाविसमा बाल संरक्षण नीति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३० भदौ ।
जिल्लाका ६ वटा गाविसहरुमा बालबालिकाको हकहित तथा चौतर्फी विकासका लागि बाल संरक्षण नीति बनाइएको छ । छिन्चु, दहचौर, मैनतडा, साटाखानी, कल्याण र घुमखहरे गाविसमा उक्त नीति बनाइएको हो । सुरक्षित समाजद्वारा संचालित बालबालिकाका लागि सुरक्षित बातावरण सिर्जना कार्यक्रम अन्तर्गत ती गाविसमा बाल संरक्षण नीति बनाइएको छ ।
नीतिमा राजनीतिक दलहरुले गर्ने, गाविसले गर्नेकाम तथा नीतिहरु बनाइएको छ । नीति लागूपछि गाविसमा बालबालिकाको लागि काम गर्न सहज भएको सुरक्षित समाज सुर्खेतका कार्यक्रम संयोजक रत्ना विकले बताइन् । समाजले गत १० महिनाको अवधिमा १ सय ३८ बालबालिकाहरुलाई शैक्षिक सहयोग प्रदान गरेको, २ सय ७६ बालबालिका तथा युवाहरुले जीवन उपयोगी सीप तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी दिएको, १० विद्यालयमा प्राथमिक उपचारलगायतका अभिमुखीकरण गरिएको, बालविवाह न्यूनीकरणका लागि पुरेतहरुसंग अन्तरक्रिया गरी बालविवाह नगर्ने प्रतिवद्धता गराइएकोलगायतका कामहरु गरिएको जानकारी दिएको छ ।

No comments:

Post a Comment