सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३० भदौ ।
अत्यधिक बर्षातका कारण छिन्चु– जाजरकोट मोटर बाटोको फेरा खलंगा सडक खण्ड अवरुद्ध भएको छ । सडकको विभिन्न ठाउँमा पहिरो गएको र फेरा खोलामा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएको हो ।
यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतमा सास्ती हुन थालेको छ । सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु खलंगा, फेरा, कुदु र छेडामा अलपत्र परेका परेका छन्भने मालबाहक ट्याक्टर र ट्रकपनि अलपत्र परेको भेरीगंगा यातायात ब्यवसायी समितिका इन्चार्ज मनोज शाहले बताए ।
पानी पर्न नरोकिएको हुँदा मर्मत कार्य पनि सुरु हुन सकेको छैनभने यातायात संचालन हुनेबारे यातायात ब्यवसायीहरु नै अनभिज्ञ छन् । १ सय ७ किलो मिटर लामो यो मोटरबाटोको ८५ किलोमिटर सडक खण्डमा यातायात अवरुद्ध भएको हो ।अत्यधिक बर्षातका कारण छिन्चु– जाजरकोट मोटर बाटोको फेरा खलंगा सडक खण्ड अवरुद्ध भएको छ । सडकको विभिन्न ठाउँमा पहिरो गएको र फेरा खोलामा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएको हो ।
यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतमा सास्ती हुन थालेको छ । सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनहरु खलंगा, फेरा, कुदु र छेडामा अलपत्र परेका परेका छन्भने मालबाहक ट्याक्टर र ट्रकपनि अलपत्र परेको भेरीगंगा यातायात ब्यवसायी समितिका इन्चार्ज मनोज शाहले बताए ।
No comments:
Post a Comment