सुर्खेत, २४ भदौ ।
नेपाल प्रेस युनियनको भेरी अंचल भेला युनियनको सुर्खेत शाखा तथा बहुमत केन्द्रीय पार्षदहरुले बहिष्कार गरेका छन् । आइतवारको भेला सुरु हुनुअघि प्रेस युनियन सुर्खेतका सभापति नरेशसिंह थापाले जिल्लामा हुन लागेको भेलामा शाखासंग कुनै समन्वय नगरेको, युनियनका पार्षदहरुलाई निमन्त्रणा नै नदिइ बेवास्ता गरेको भन्दै अंचल भेला बहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
सभापति थापाले कार्यक्रम अंचल भेला भएपनि सुर्खेत जिल्ला आतिथ्य शाखा भएकोले जिल्लासंग कुनै समन्वय नै नगरिएकोमा आपत्ति जनाए । भेलामा जिल्लाका पार्षदहरु कसैलाई निमन्त्रणा गर्ने र कसैलाई नगर्नुले बाइपास गरेको भन्दै उनले आक्रोश पोखेका थिए ।
यसैवीच नेपाल प्रेस युनियन सुर्खेत शाखाले आइतवार विज्ञप्ति प्रकाशित गरी नेपाल प्रेस युनियन भेरी अञ्चलस्तरीय समितिका नाममा आइतवार आयोजना गरिएको अञ्चल स्तरीय भेलामा अनिवार्य उपस्थित एवं सहभागी हुनुपर्ने केन्द्रीय पार्षदहरुलाई पूर्व जानकारी र निमन्त्रणा नगरी एकतर्फी रुपमा मनोमानी ढंगले गर्न खोजिएको र आतिथ्य शाखाका रुपमा रहने नेपाल प्रेस युनियनको जिल्ला कार्यसमितिलाई समेत अपमानित हुने गरी वाइपास गरिएकोले भेला बहिष्कार गरेको जनाएको छ । नेपाल प्रेस युनियनको भेरी अंचल भेला युनियनको सुर्खेत शाखा तथा बहुमत केन्द्रीय पार्षदहरुले बहिष्कार गरेका छन् । आइतवारको भेला सुरु हुनुअघि प्रेस युनियन सुर्खेतका सभापति नरेशसिंह थापाले जिल्लामा हुन लागेको भेलामा शाखासंग कुनै समन्वय नगरेको, युनियनका पार्षदहरुलाई निमन्त्रणा नै नदिइ बेवास्ता गरेको भन्दै अंचल भेला बहिष्कार गरेर कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
सभापति थापाले कार्यक्रम अंचल भेला भएपनि सुर्खेत जिल्ला आतिथ्य शाखा भएकोले जिल्लासंग कुनै समन्वय नै नगरिएकोमा आपत्ति जनाए । भेलामा जिल्लाका पार्षदहरु कसैलाई निमन्त्रणा गर्ने र कसैलाई नगर्नुले बाइपास गरेको भन्दै उनले आक्रोश पोखेका थिए ।
विज्ञप्तिमा जिल्ला कार्यसमितिका सभापतिलगायतले नै वहिष्कार गरेको अवस्थामा विवाद समाधानका लागि पहल गर्नुपर्ने नैतिक दायित्व वहन गरेका केन्द्रीय सदस्य उमा थापा र क्षेत्रीय संयोजक युवराज श्रेष्ठबाट समेत वास्तविकता बुझ्नेतर्फ कुनै पहल र प्रयास नगरिएकोमा रोष प्रकट गर्दै जिल्ला कार्यसमिति र केन्द्रीय पार्षदहरुको समेत मानमर्दन हुने गरी आयोजना गरिएको भेला र बन्द सत्रले गरेका कुनैपनि निर्णय र घोषणाप्रति समर्थन, सहयोग र ऐक्यवद्धता नरहेको जनाइएको छ ।
त्यस्तै भेला आयोजनाका नाममा विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाटसमेत अपारदर्शी ढंगले उठाइएको रकमको वास्तविक विवरण पनि छानविन गरी सार्वजनिक गर्न केन्द्रीय कार्यसमितिसंग आग्रह गर्ने र एकलकाटे ढंगले गरिएको भेलाबारे जिल्ला सभापतिले केही जिज्ञासा र भनाई राख्न खोज्दा दुव्र्यवहार सहित अपमानित ढंगले माइकसमेत खोसिएको घटनाको निन्दासमेत गरिएको सचिव गणेशकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

No comments:
Post a Comment