सुर्खेत, २४ भदौ ।
नेपाली कांग्रेस सांसद गरीव कल्याण छात्रवृत्ति अक्षय कोष सुर्खेत क्षेत्र नं. १ ले ९९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ९९ औं वीपी जयन्तीको अवसरमा आइतवार मेहेलकुनामा एक कार्यक्रमको आयोजना गरी सो छात्रवृत्ति प्रदान गरिएको हो ।
कक्षा ६ देखि एमएसम्म अध्ययनरत विद्यार्थीहरुलाई बर्षेनी उक्त छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । १ करोड २ लाख २५ हजार रुपैयाँको अक्षय कोषबाट उक्त छात्रवृत्ति दिने गरिएको हो । नेपाली कांग्रेस सुर्खेत जिल्ला कार्यसमिति सदस्य रामबहादुर सिंहका अनुसार कक्षा ६ देखि ८ सम्म विद्यार्थीलाई बार्षिक १२ सय, कक्षा ९ र १० का विद्यार्थीलाई १५ सय, कक्षा ११ का विद्यार्थीलाई २५ सय, स्नातकका विद्यार्थीलाई ४५ सय, एसएलसी उत्कृष्टलाई ३ हजार, शहीद सन्ततिलाई ६ हजार, स्नातकोत्तर विद्यार्थीलाई ५५ सय र प्राविधिक विषयका विद्यार्थीलाई २५ सय रुपैयाँ छात्रवृत्ति दिने गरिएको छ । नेपाली कांग्रेस सांसद गरीव कल्याण छात्रवृत्ति अक्षय कोष सुर्खेत क्षेत्र नं. १ ले ९९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ९९ औं वीपी जयन्तीको अवसरमा आइतवार मेहेलकुनामा एक कार्यक्रमको आयोजना गरी सो छात्रवृत्ति प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा जननेता वीपी कोइरालाको नीति र सिद्धान्त अझैपनि सान्दर्भिक रहेको बताइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति उपेन्द्र थापाले वीपी कोइरालाको नीति र विचारलाई अवलम्वन गरेमात्रै नेपालको चौतर्फी विकास हुने धारणा राखे । उनले अहिलेको आवश्यकता शान्ति, सहमति र एकता भएको जिकिर गरे ।
कोषका अध्यक्ष लालबहादुर घलेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका कोषाध्यक्ष गोविन्द कोइराला, क्षेत्र नं. २ का सभापति कमलराज रेग्मी, जिल्ला सदस्य रामबहादुर सिंह, तेजबहादुर खत्री, नगर सभापति देवकुमार सुवेदी, महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का, रेणु ढकाललगायतले वीपी जयन्तीमाथि चर्चा गरेका थिए ।

No comments:
Post a Comment