विद्यार्थीको पढाइप्रति गम्भीर भएर संघर्ष स्थगित गर्यौं: प्राध्यापक
बढीमा दुई साताभित्र समस्या समाधान हुन्छ: व्यवस्थापन समिति
बढीमा दुई साताभित्र समस्या समाधान हुन्छ: व्यवस्थापन समिति
सुर्खेतपत्र संवाददाता
सुर्खेत, २० भदौ ।
क्याम्पस प्रमुख नियुक्तिको मुख्य माग अगाडि सारी गत शुक्रवारदेखि बहुमुखी क्याम्पसमा लगाइएको अनिश्चितकालीन ताला बुधवारदेखि खुलेको छ । पव्लिक क्याम्पस प्राध्यापक संघले गत सातादेखि कालो पट्टि बाँधेर विरोध जनाउँदै शुक्रवारदेखि अनिश्चितकालीन तालावन्दी गरेको थियो ।
बुधवार विहान क्याम्पसका प्राध्यापकहरु को बैठक बसेर विद्यार्थीहरुको पढाइप्रति गम्भीर हुदैं तालावन्दी खुला गरी आन्दोलन स्थगित गरिएको पव्लिक क्याम्पस प्राध्यापक संघ बहुमुखी क्याम्पस इकाई सभापति वीरबहादुर पौडेलले बताए । उनले आफ्ना मागप्रति क्याम्पस व्यवस्थापन समिति गैरजिम्मेवार भएको आरोप लगाउँदै समितिभन्दा विद्यार्थीहरुको पढाइप्रति जिम्मेवार भएर आन्दोलन स्थगित गर्नुपरेको जनाए । विद्यार्थीहरुको परीक्षा फर्म भर्ने समय भएको, नयाँ भर्नाको समय आएकोले बन्दको कार्यक्रमलाई स्थगित गर्नुपरेको उनको भनाइ छ । क्याम्पस प्रमुख नियुक्तिको मुख्य माग अगाडि सारी गत शुक्रवारदेखि बहुमुखी क्याम्पसमा लगाइएको अनिश्चितकालीन ताला बुधवारदेखि खुलेको छ । पव्लिक क्याम्पस प्राध्यापक संघले गत सातादेखि कालो पट्टि बाँधेर विरोध जनाउँदै शुक्रवारदेखि अनिश्चितकालीन तालावन्दी गरेको थियो ।
क्याम्पस प्रमुखविहीन भएको ६ महिनाभन्दा बढी हुँदापनि मुख्य गरी क्याम्पस प्रमुख नियुक्तिको माग अगाडि सारेर गरिएको आन्दोलनप्रति क्याम्पस व्यवस्थापन समिति जिम्मेवार र संवेदनशील हुन नसकेकोमा उनले दु:ख प्रकट गरे । क्याम्पस प्रमुख नियुक्ति नहुँदासम्म आफूहरुले अव आन्दोलनको अन्य विकल्प अगाडि सारेर संघर्ष गर्ने जानकारी उनले दिए ।
यता क्याम्पस व्यवस्थापन समितिले प्राध्यापकहरुको मागका सम्वन्धमा सकारात्मक रहेको र अवको एक दुई साताभित्र क्याम्पसको समस्या समाधान गरिने जनाएको छ । समितिका अध्यक्ष भुषणकुमार मानन्धरले मागका सम्वन्धमा मंगलवार सवै प्राध्यापकहरुसंग छलफल भएको र त्यसमा मागप्रति सकारात्मक भएको बताए ।
बन्द गरेरमात्रै मागहरु पूरा नहुने भन्दै मागका सम्बन्धमा व्यापक छलफल भएको उनको भनाइ छ । प्राध्यापकहरुले आफूलाई थाहा नै नदिएर क्याम्पसमा तालावन्दी गरेको बताउँदै उनले त्यस विषयमा पनि वार्तामा कुराकानी भएको उल्लेख गरे । क्याम्पस प्रमुख नियुक्तिमा ‘राजनीतिक इस्सु’ नै रहेको उनले घुमाउरो पाराले स्वीकार गरे । क्याम्पस प्रमुख नियुक्ति नै मुख्य समस्या भएकोले यस विषयमा जिल्लास्थित राजनीतिक दलका शीर्ष नेताहरुसंग दुई चरणको छलफल भएकोले अवको एक दुई दिनभित्र फेरि एक चरण बसेर समाधान निकाल्ने आश्वासन उनले दिए ।
आफूपनि क्याम्पसको अवस्था देखेर निकै चिन्तित भएकोले अव निर्णायक काम गरेर यो समस्या हल गर्ने दावी उनको छ ।
No comments:
Post a Comment