सुर्खेत, २० भदौ ।
सुर्खेत जिल्लाका बालविवाह मुक्त घोषणा गरिएका गाविसहरुमा नै ‘लुकिछिपी’ वालविवाह हुने गरेको पाइएको छ । धुमधामसंग विवाह नभएपनि अर्को गाविसमा लगेर बाजागाजा नबजाई, लुकिछिपी वालविवाह हुने गरेको पाइएको हो । जिल्लामा सवैभन्दा पहिलो बालविवाह मुक्त घोषणा गरिएको लेखफर्सा गाविसमा दुई बर्षको अवधिमा झण्डै डेढ दर्जन बालविवाह भएको छ । उक्त गाविसलाई २०६७ सालमा बालविवाह मुक्त घोषणा गरिएको थियो । गाउँ बाल संरक्षण समिति लेखफर्साका संयोजक हर्षबहादुर पुनले बालविवाह मुक्त गाविस घोषणा पछि झण्डै डेढ दर्जन बालविवाह भएको बताए । उनका अनुसार ती विवाह धेरैजसो थाहा नदिएर लुकिछिपी भएका हुन् । सो अवधिमा पाँच वटा वालविवाह रोक्न सफल भएको उनको भनाइ छ । वालविवाह विरुद्धमा काम गर्दा राजनीतिक दलले पर्याप्त सहयोग नगर्ने, समाजमा एक्लो बनाउनेजस्ता प्रवृत्तिले अभियानमा लाग्नलाई ठूलो चुनौती आएको उनको अनुभव छ ।
यसैगरी अर्को बालविवाह मुक्त घोषणा गरिएको सालकोट गाविसमा पनि लुकिछिपी बालविवाह हुने गरेको छ । गाउँ बाल संरक्षण समिति सालकोटका संयोजक डिल्लीराम न्युरेले बालविवाहहरु पहिले सार्वजनिकरुपमै हुने गरेकोमा अहिले भित्रभित्रै लुकिछिपी हुने गरेको स्वीकारे । अघिल्लो बर्षमात्रै पाँच वटा वालविवाह रोक्न सफल भएको बताउँदै उनले तर पनि त्यहाँ भित्रभित्रै बालविवाह भइरहेको जनाए । सुर्खेत जिल्लाका बालविवाह मुक्त घोषणा गरिएका गाविसहरुमा नै ‘लुकिछिपी’ वालविवाह हुने गरेको पाइएको छ । धुमधामसंग विवाह नभएपनि अर्को गाविसमा लगेर बाजागाजा नबजाई, लुकिछिपी वालविवाह हुने गरेको पाइएको हो । जिल्लामा सवैभन्दा पहिलो बालविवाह मुक्त घोषणा गरिएको लेखफर्सा गाविसमा दुई बर्षको अवधिमा झण्डै डेढ दर्जन बालविवाह भएको छ । उक्त गाविसलाई २०६७ सालमा बालविवाह मुक्त घोषणा गरिएको थियो । गाउँ बाल संरक्षण समिति लेखफर्साका संयोजक हर्षबहादुर पुनले बालविवाह मुक्त गाविस घोषणा पछि झण्डै डेढ दर्जन बालविवाह भएको बताए । उनका अनुसार ती विवाह धेरैजसो थाहा नदिएर लुकिछिपी भएका हुन् । सो अवधिमा पाँच वटा वालविवाह रोक्न सफल भएको उनको भनाइ छ । वालविवाह विरुद्धमा काम गर्दा राजनीतिक दलले पर्याप्त सहयोग नगर्ने, समाजमा एक्लो बनाउनेजस्ता प्रवृत्तिले अभियानमा लाग्नलाई ठूलो चुनौती आएको उनको अनुभव छ ।
त्यस्तै छिन्चु गाविस गाउँ बाल संरक्षण समितिका संयोजक पार्वती खत्रीले अहिले बालविवाहका घटनाहरु लुकिछिपी हुने गरेको बताइन् । पहिले सानै उमेरमा विहे गर्दा बाजागाजा बजाउने गरिएकोमा अहिले भने सुटुक्क गर्ने गरिएको अनुभव सुनाइन्भने लेखपराजुल गाविसमा अघिल्लो बर्ष तीन वटा बालविवाह रोकिएको संयोजक बीरबहादुर डाँगीले जनाए ।
लुकिछिपी वालविवाह गरेपनि विगतको तुलनामा वालविवाह गर्ने दरमा कमी आएको अनुभव उनीहरुले सुनाए । वालविवाह गर्दा कारबाही हुन्छ, स्वास्थ्य अवस्था विग्रन्छ भन्ने कुरामा धेरैले ज्ञान पाएको बताउँदै यसमा काम गर्दा भौतिक आक्रमणलगायतका चुनौतीहरु खेप्नुपरेको संयोजकहरुको
भनाइ छ ।
जिल्ला वाल अधिकार अधिकृत रमादेवी भण्डारीले सुर्खेतलाई बालविवाह मुक्त जिल्ला बनाउने अभियान थालिएपछि वालविवाह गर्ने प्रवृत्तिमा तुलनात्मकरुपमा कमी आएको बताइन् । यसमा राजनीतिक दलहरुले बढी हस्तक्षेप गर्ने, विहे गर्न नपाए आत्महत्या गर्ने धम्की आउनाले काम गर्दा केही समस्या आएपनि सवैको एकीकृत पहलले मात्रै समाधान गर्न सकिने उल्लेख गरिन् ।
सुरक्षित समाजका कार्यक्रम संयोजक रत्ना विकले काम गर्दा समन्वयलाई जोड दिन आग्रह गर्दै बालविवाह संस्कार भएकोले परिवर्तन हुन केही समय लाग्ने जिकिर गरिन् ।
यसैवीच बालबालिकाको क्षेत्रमा सुर्खेतमा काम गर्दै आएको सुरक्षित समाजले लेखपराजुल–६ को शनिमोरमा गाविसस्तरीय अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाद्वारा संचालित लेखपराजुल, मैनतडा, लेखफर्सा, सालकोट, दहचौर, घुमखहरे, कल्याण र छिन्चु गाविसमा काम गर्दाको अनुभवहरु आदान प्रदान गरिएको थियो । सो अवसरमा गाविसहरुमा काम गर्दा बालविवाह नै प्रमुख समस्या भएको दर्शाइएको थियो । वालविवाह मुक्त घोषणा गर्न अघि सर्ने अभियन्ताहरुले नै बालविवाह गर्ने गरेको, अभियानमा सरिक हुनेहरुलाई असुरक्षा हुनेलगायतका समस्या आइपरेको उनीहरुको धारणा थियो ।
No comments:
Post a Comment