छैठौं जेनेरेशन तथा हाम्रो देश नेपाल

Bookmark and Share 
विमल थापा (अनुराग)
    विकास भएको कसलाई मन पर्दैन र मलाई मन पर्छ तँलाई अरे तपाईंलाई मन पर्छ । त्यसमाथि बैज्ञानिक तरिकाले विकास भएको इलेक्ट्रिकल क्षेत्र जस्तै क्यालकुलेटर, कम्प्यूटर, फ्याक्स आदि जतिपनि इलेक्ट्रिकल समानको विकास भयो त्यति नै मानिसलाई काममा सघाउ पुर्‍याउँदै गयो । यो कम्प्यूटरको जमाना हो डन्डा, सिन्काको जमाना हैन यहाँ प्राय काम कम्प्यूटरको सहायताले गरिन्छ । जस्तै अफिसियल काम प्रोजेक्ट काम सम्पादन अरु भन्दा त लाइभ कुराकानी समेत गर्न सकिन्छ । यो समय वा जेनेरेशन पाचौं जेनेरेशन हो । अब आउने छैठौं जेनेरेशनले पाचौं जेनेरेशन भन्दा अझ चमत्कारी कार्य गर्नेछ भन्दै बैज्ञानिक भन्छन्, छैठौं जेनेरेशनमा कुनै कम्प्यूटर वा यन्त्रमानव यति सक्रिय हुनेछ कि उसले मान्छे जस्तो तर मान्छे भन्दो राम्रो काम समेत गर्नेछ र हामीले सोधेको प्रश्नको उत्तर दिन र पढ्न तथा पढाउन समेत सक्नेछ । साँच्चिकै यस्तै भयो भने के हुन्छ । विचार गर्नुस् तपाईंको मन त राम्रो छ र राम्रै सोच्नु हुन्छ तर मेरो मन राम्रो छैन मैले त नराम्रो मात्र सोच्छु ।
छैठौं जेनेरेशन भित्रिसकेपछिको एउटा हातमा विर्खेको विर्खे त्यो विद्यार्थी हो जसलाई नचिन्ने सरहरु सायद कमै थिए होलान् पढाईमा टप तर जब ऊ एमवीवीएस पास गरेर नेपा फक्र्यो अचम्म पुरै हस्पिटलमा पुरै मेडिकलमा इलेक्ट्रिकल डाक्टरहरु जसलाई चलाउन मान्छेको आवश्यकता नै पर्दैनथ्यो त्यसपछि विर्खे पढाउन गयो त्यहाँ पनि इलेक्ट्रिकल शिक्षक त्यसपछि विर्खे ड्राइभिङको लागि गयो । त्यहाँ पनि इलेक्ट्रिकल ड्राइभर त्यसपछि होटलमा भाँडा माझ्ने तथा खाना पाकाउने काम पाएपनि हुन्छ भन्न थाल्यो तर त्यहाँ पनि इलेक्ट्रिकल मान्छेले काम गरिसकेका थिए अचम्म पहिले जसले काम पाय पाए तर पछिकाले काम पाउन मुस्किल होइन नामुम्किन थियो । त्यसपछि बिर्खे आफ्नो पेट पाल्नको लागि चोरी गर्न तम्स्यो तर जताजतै इलेक्ट्रिकल मानिस भएका कारण छिटै समातियो र थानामा पुग्यो त्यहाँ पनि इलेक्ट्रिकल लडाकू तर त्यहाँ आरामले खान पाइन्थ्यो भौतारिनु पर्दैनथ्यो कामको लागि ।
    तब बिर्खेले एउटा लेख लेख्यो शीर्षक थियो सातौं जेनेरेशन र हाम्रो देश नेपाल जसमा यसरी लेखेको थियो बिर्खेले:–
    पहिलो जेनेरेशनदेखि नै हाम्रो देश नेपाल बेरोजगारहरुले भरिएको थियो तर चारौं, पाचौं जेनेरेशनमा जसले पढ्थ्यो उसले जागीर पाउने सम्भावना रहन्थ्यो तर छैठौं जेनेरेशनमा नेपालमा कर्मचारीको आवश्यकता नै परेन । इलेक्ट्रिकल कर्मचारीले सारा काम गर्न थाले, छैठौं जेनेरेशनले मानिसलाई यति सघाउ पुर्‍यायो कि मानिसलाई खाना खाने दु:ख पनि दिएन तर फेरि एकदिन सातौं जेनेरेशन आउने छ जसमा इलेक्ट्रिकल साहुले व्यक्ति कर्मचारी बनाउने छ र आफ्नो सारा काम व्यक्ति कर्मचारीलाई अहराउने छ यति मात्र नभएर अरु चमत्कारी कार्य पनि हुनेछ जस्तै: इलेक्ट्रिकल मानिसले काम मात्र नगरेर लब गर्ने, विवाह गर्ने, बच्चा जन्माउने समेत गर्नेछ र विकास गर्ने बैज्ञानिकलाई पनि एउटा सुझाव विरामीले पनि धेरै औषधि खायो भने औषधिले विषको काम गर्छ धेरै अग्लो घर बनाएमा धेरै समस्या आउन सक्छन् अथवा जति अग्लो घर हुन्छ त्यति नै प्रकोपको समस्या रहन्छ र घरबाट तल भुँइमा झर्न पनि धेरै समय लाग्न सक्छ या छिटो झर्ने कोसिस गरेमा मृत्यु पनि हुनसक्छ, घ्यु थोरै खाएमा ज्यान लगाउँछ तर धेरै खाएमा पखाला लगाउँछ । अन्त्यमा: यो त काल्पनिक विर्खेको घटना मात्र यसलाई धेरै नसोचौं एउटा उखान छ नि वनको बाघले खाओस्् नखाओस् मनको बाघले खान्छ । 

No comments:

Post a Comment