घामबाट भिटामिन ‘डी’ प्राप्त हुन्छ । भिटामिन ‘डी’ ले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । यो हामीमध्ये धेरैलाई थाहा छ । तर पारिलो घाममा बस्नुको फाइदा यत्तिमा मात्र सीमित छैन । एक अध्ययनले घाममा बस्नु क्षयरोगीका लागि पनि लाभदायक रहेको तथ्य पत्ता लगाएको छ । बेलायतको लण्डनका चिकित्सकहरुले गरेको अध्ययनले भिटामिन ‘डी’ ले शरीरमा क्षयरोग विरुद्ध लड्ने रोगप्रतिरोधी क्षमता बढाउँछ । अध्ययनका क्रममा औषधिसंगै भिटामिन ‘डी’ खुवाइएका क्षयरोगी छिटो निको भएको पाइएको छ ।
यो अध्ययनको निष्कर्ष प्रारम्भिक भएको भएपनि क्षयरोगको उपचारमा भिटामिन ‘डी’ अर्थात घाम थेरापीको प्रयोगको सम्भावनातर्फ यसले मार्गप्रशस्त गरेको शोधकर्ताहरुको ठम्याइ छ । स्मरण रहोस् पारिलो घाममा बस्दा फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी रोग निको हुने परम्परागत विश्वास समेत रहेको छ । शोधकर्ताहरुले भिटामिन ‘डी’ केवल क्षयरोगको उपचारमा मात्र नभएर न्युमोनिया तथा अरु फोक्सो र श्वासप्रश्वास सम्बन्धी रोगका लागि समेत लाभदायक हुने बताएका छन् । भिटामिन ‘डी’ले रोगको उपचारमा मात्र नभएर रोकथाममा समेत सहयोग गर्ने उनीहरुको भनाइ छ ।

No comments:
Post a Comment