पाँच वर्षको अथक प्रयास गर्दागर्दै पनि जीवन असन्तोष नै देखिन्छ, झुत्रे सोझो पहाडी भेगको गाउँमा बसोबास गर्ने ऊ नगर प्रवेश गर्दाका आफ्नै पीडा र व्यथा छन् । त्यसमाथि पनि दमन र शोषणको एक संघार पार गर्दै अर्को संघारमा प्रवेश गरेको छ । विगतमा एक छाक खाइ नखाइ पाँच मिल टाढाको स्कुलमा ऊ हस्याङफस्याङ गर्दै पुगेको सम्झना अझै ताजा छ, ऊ पढ्नमा जेहेन्दार विद्यार्थीमा पर्दथ्यो तर उसलाई प्रोत्साहित गर्नुको साटो अंकुश लगाउने परम्परा झांगिदो थियो तर आज ऊ वीरेन्द्रनगरको स्कुले जीवन र आफ्नो गाउँको स्कुले जीवन तुलनात्मक रुपमा शताब्दीऔं पछि परेझैं महसुस गरिरहेछ । सरकारले शिक्षाको नीतिमा परिवर्तन ल्याएपनि त्यो नीतिबाट कोशौं टाढा आफ्नो गाउँ रहेको अनुभूति भैरहेछ साक्षरताका अभियान व्यवस्था कागजमै सीमित भएको महसुस गर्दछ ।
चार ठाउँमा टालेको मजेत्रो लगाएकी कुपोषणले ग्रस्त भएकी ती बुढीआमा धन्य छन् । आज छोरालाई यहाँसम्म पढ्न पठाइन् ती बुढी आमा र सहरमा ती आमा जो टाउका माथि चश्मा राखी आखाँ टट्याउने साडीमा सप्का हाली हिंड्ने महिलासंगको अन्तरद्वन्द्व गर्दछ । उफ † ऊ सुस्केरा हाल्दै कल्पिन्छ । जे होस् दलित, अत्यन्त गरीब भएपनि आब जीवन वी.एड. पास गरेको छ । ऊ विद्यार्थी युनियनको जबर्जस्त परिवर्तन देख्न पाउने विद्यार्थी युनियन संगठनको अध्यक्षपनि भएको छ । उसले आफ्ना गाउँमा भएका कु–संस्कार र कुरीतिलाई तोड्नको निम्ति उसका पाइला नगरबाट सुरु हुँदै गाउँसम्म पुर्याउने अभिलाषा बोकेको छ । उसका मनमा अनेकौं तर· बारम्बार तैरिरहन्छन् हैन, नेपालकै सन्दर्भमा भन्ने होभने, परिवर्तनका अनेकौं खुड्किला पार भैसके राणाशासन कालदेखि लिएर आज गणतन्त्रको उज्यालो फैलिसक्यो तर छुवाछूत र जातीय मुक्ति कहिलेसम्म । कल्पना पनि गर्न नसकिने नेपालको राजनीतिमा दह्रो परिवर्तन तर खै जातीय मुक्ति पाउन सकेको, आफ्ना खोर्का भाषणमा राजनीतिक दलदेखि लिएर संघ, संस्था, होस् वा व्यक्तिगत परिवर्तन आयो परिवर्तन आयो भनेर भन्ने धेरै छन् सबैको परिवर्तन सम्भव जातीय असम्भव कहिलेसम्म २१ औं शताब्दीमा पनि मुक्ति नपाए मानवले स्वतन्त्रता कहिले पाउने जातीय आडमा कति अपमान सहने, कति आलोचना सहने, दलितले आफ्ना आकांक्षा र सपना सधैंअरुले कोरेको लक्षण रेखामा कहिलेसम्म सीमित हुने, प्रगतिका पथमा उठेका केही पाइलालाई सहानुभूति गरेझैं आफ्नै पेसा वडो राम्रो मानी दलितलाई त्यही धकेल्न खोज्ने कुप्रथा, कुसंस्कार कस्तो यो संस्कार मान्छेले बनाएको संस्कृति बाँचिरहेछ,
तर मानिस यहाँ पलपल मरिरहेछ कस्तो यो संस्कृति जसको जरा झन्झन् गडिरहेछ
कस्तो यो विकृति जो झाँगी रहेछ,
अनेकौं बहानामा यहाँ मानिस अपमानित भै पलपल मरिरहेछ ।
जहाँ दलितका कुरा आउँछन्, आरक्षणका कुरा आउँछन् त्यहाँ गैरदलितले वर्गीय कुरा निकाली साम्य पार्न खोज्दछ । उफ कस्तो यो संरचना जीवनको । मस्तिष्क सनक्क हुन्छ उसको त्यान्द्रो टुट्न पुग्छ ।
जीवन आज फेरि आफ्नो मातृभूमि उही विकटताले छाएको जहाँ हातमुख जोर्न धौ धौ हुन्छ दलितको पाखुरीमात्र बझाउने र श्रमको कुनै मूल्य नहुने परिवर्तनको झुल्को समेत देख्न नपाएको पिछडिएको प्यारो गाउँमा हजारौं परिवर्तनका भरिया बोकी आएको छ । यो भारी सम्पूर्ण चपेटामा परेका ठाउँमा बिसाइ बाँड्ने उद्देश्य बोकी जन्मदिने बुढी आमाको सत्कार हेतु आएको छ । हिजोसम्म उसलाई नदेख्ने आँखाले आज देखेझैं भान गर्छ र उसको हालचाल सोध्छन्, गाउँमा पाँच वर्ष अघिको जीवन र पाँच वर्षपछिको जीवनलाई गरिने व्यवहारमा पक्कै परिवर्तन त आएकै हो । एउटा जीवन हैन त्यहाँ हजारौं यस्तो जीवनको जन्म जरुरी छ । एउटा जीवनको बोली यस गाउँमा त्यो जुनेली रातको एउटा जुनकिरी जस्तो देखिने छ । यस्तै सोच्दै ऊ घरमा पुग्छ र घरको उही दरिद्रता उही भत्किन लागेका घरका भित्ता । वर्षाैं बोझले निसासिएर फुट्न लागेको झैं त्यो चिरा परेका बान्नाहरु उफ † जीवनले आफ्नो सोचलाई विश्राम गर्ने अथक प्रयास गरिरहेछ । कोलाहलबाट टाढा प्रकृतिका हरिया वनमा मिरमिरे उज्यालोसंगै उसका आँखा खुल्छन्, विहानीको मिरमिरेसंगै उसका सपनापनि जागृत भैसकेका छन् । उल्लास् बोकी आएको छ ऊ आफ्नो गाउँको हालचाल बुझ्न गाउँ घुम्ने क्रममा उसको पुरानो साथीसंग उसको भेट भयो । अन्तर जाति भएपनि उनीहरुको माया बडो गाढा थिया । सुशीला हो उसको नाम । सुशीला पनि पढेलेखेकी एक शिक्षित व्यक्तित्व भएकी युवा हुन् । धेरै समयको अन्तराल पछिको भेटघाट उनीहरुलाई प्रिय नै लागेको थियो । सुशीलाको घर नजिकै भएको हुँदा सुशीला र जीवन सुशीलाको आग्रहलाई टार्न नसकी सुशीलको घरमा गए । दुवै समान विचार र परिवर्तनमा विश्वास राख्ने एउटै सोच भएका मित्र हुन् । सुशीला समाज परिवर्तनमा विश्वास राख्ने संसारमा त्यो मानव हो जसले एक अर्काको भावना बुझी समानताको व्यवहार गर्छ भन्ने थिइन् उनले आफ्नो घरमा जीवनलाई लैजान्छिन् र उनले स्वागत पनि गर्छिन् । जीवनले पनि बालसखी भेटाएर खुसीको भाव लिइ घर फर्कन्छन् मनमा अनेकौं तर्क वितर्कले द्वन्द्व गरिरहेको पनि हुन्छ ।
दिनभरीको गाउँको भ्रमण र साथीसंगको भेटले थाकेको जीवनको आँखा त्यति बेला उघ्रन्छ जब उसकी बुढीआमाले ढोका ढक्ढक्याउँछिन् जीवन झटपट उठी बाहिर निस्कन्छ उ झस्कन्छ उसका आँगनमा तीन जना महिला एकजना पुरुष बसिरहेका छन् । उसले कुरा बुझ्दा स्पष्ट हुन्छ हिजो मात्र मानवअधिकार हनन् गरी ऊ सुशीलाको भान्साघर भित्र पसेको भनि आरोप उसलाई लागेछ । ऊ मन्द मुस्कान लिइ मुस्कुराइ रहेछ पहिलो संघर्षको अध्यायको पाना ऊ पल्टेको देख्छ ।मनमनै ऊ बर्बराउँछ ।
अन्धकारमा छ ।
भुमरीमा छ, त्यो के हो ?
२१ औं शताब्दीमा पनि ब्राम्हणको परिधिमा रुमलिएको छ त्यो के हो ?
दलनको जीवन जाँतोले भन्ने,
हत्केलाको ठेलामात्र देऊ भन्ने,
अन्यायमा गरी सुख भोग छैन
मनमा अशान्ति र पीडा, ज्ञान बोध छैन । समान भनी दाउपेच खेल्दछन् यहाँका नेता
हाम्रा हरेक सीप र श्रम भएका छन् ठूलाको जेथा
पिंढी फेरियो, समय फेरियो सबैले फेरे राहतका सास,
गणतन्त्रको संघारमा पनि दलितको छैन पिंढीमा बास ।
No comments:
Post a Comment