सुर्खेत, २८ भदौ ।
नेकपा—माओवादीले आज शुक्रवार आधा दिन नेपाल वन्द आव्हान गरेको छ । सुरुमा पुरै दिन नेपाल वन्द आव्हान गरेपनि बाल दिवस परेकोले आधा घटाइएको हो । वन्द विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म कायम रहने नेकपा—माओवादी सुर्खेतले जनाएको छ । पार्टीका सुर्खेत सेक्रेटरी ठम्मरबहादुर विष्ट ‘संगीन’ले वर्तमान भट्टराई सरकारले पेट्रोलियम पदार्थको चर्को मूल्य बृद्धि गरेको, राष्ट्रघाती निर्णयहरु गर्दै गएको, जनघाती निर्णयले नेपाली जनतालाई आहत बनाएकोजस्ता कार्यका विरुद्ध नेपाल वन्द आव्हान गरिएको बताए । उनले राष्ट्रियताका लागि एक हुनपनि आव्हान गरे ।
यसैवीच शुक्रवार आव्हान गरिएको आधा दिन नेपाल वन्दको पूर्वसन्ध्यामा विहीवार पार्टीले वीरेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । अपरान्ह ६ बजे मंगलगढी चोकबाट निकालिएको मसाल जुलुस नगर परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा–माओवादी भेरी–कर्णाली राज्य समितिका कृष्ण धमलाले वर्तमान भट्टराई सरकारले एकपछि अर्को राष्ट्रघाती सम्झौता गर्दै गएको बताए । उनले माथिल्लो कर्णाली आयोजना, विप्पा सम्झौताहरु नेपाल विरोधी भएकोले ती सम्झौताहरु खारेज गर्नुपर्नेमा जोड दिएका थिए । नेकपा—माओवादीले आज शुक्रवार आधा दिन नेपाल वन्द आव्हान गरेको छ । सुरुमा पुरै दिन नेपाल वन्द आव्हान गरेपनि बाल दिवस परेकोले आधा घटाइएको हो । वन्द विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म कायम रहने नेकपा—माओवादी सुर्खेतले जनाएको छ । पार्टीका सुर्खेत सेक्रेटरी ठम्मरबहादुर विष्ट ‘संगीन’ले वर्तमान भट्टराई सरकारले पेट्रोलियम पदार्थको चर्को मूल्य बृद्धि गरेको, राष्ट्रघाती निर्णयहरु गर्दै गएको, जनघाती निर्णयले नेपाली जनतालाई आहत बनाएकोजस्ता कार्यका विरुद्ध नेपाल वन्द आव्हान गरिएको बताए । उनले राष्ट्रियताका लागि एक हुनपनि आव्हान गरे ।
No comments:
Post a Comment