सुर्खेत, २१ भदौ ।
सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनबाट स्वैच्छिक अवकाश रोजेका पूर्व लडाकूहरुले अस्थायी शिविरहरुमा भएका आर्थिक अनियमितताको सरकारी तहबाटै छानविनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । स्वैच्छिक अवकाश प्राप्त जनमुक्ति सेना नेपाल केन्द्रीय सम्पर्क समन्वय समितिले विहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई तीन वुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वैच्छिक अवकाश रोजेका पूर्व लडाकूलाई दिइने दोस्रो किस्ताको रकम दशैं अगावै निकासा गर्नुपर्ने, जनमुक्ति सेनाको अस्थायी शिविरमा भएका आर्थिक अनियमितताको विषयमा सरकारी तहबाटै उच्च, स्वच्छ र न्यायिक कार्यकारी छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने र दैनिक खाद्य तथा उपभोग्य सामग्री एवं पेट्रोलियम पदार्थमा गरिएका अप्राकृतिक मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरिएको छ । उक्त ज्ञापनपत्र सेना समायोजन विशेष समिति र शिविर व्यवस्थापन समितिलाई पनि बुझाइने जनाइएको छ । ज्ञापन पत्र वुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीलाई पठाइने बताए ।
स्वैच्छिक अवकाशप्राप्त जनमुक्ति सेना नेपाल केन्द्रीय समन्वय समितिका सदस्य खगेन्द्र रानाले भ्रष्टाचारको दलदलमा भासिएको यो सरकारले शक्तिको दुरुपयोग गरेको भन्दै जनमुक्ति सेनको नाममा राज्यबाट प्राप्त हुने रकममा समेत युद्ध र क्रान्तिको नाममा अरबौं रकम कुम्ल्याएको आरोप लगाए । उनले वर्तमान सरकारले एक वर्षको अवधिमा १० पटकभन्दा बढी पेट्रोलियम र झण्डै ५० प्रतिशत दैनिक उपभोग्य सामग्रीको मूल्य बृद्धि गरेको भन्दै तत्काल मूल्य घटाउन समेत माग गरे । सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनबाट स्वैच्छिक अवकाश रोजेका पूर्व लडाकूहरुले अस्थायी शिविरहरुमा भएका आर्थिक अनियमितताको सरकारी तहबाटै छानविनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । स्वैच्छिक अवकाश प्राप्त जनमुक्ति सेना नेपाल केन्द्रीय सम्पर्क समन्वय समितिले विहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई तीन वुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वैच्छिक अवकाश रोजेका पूर्व लडाकूलाई दिइने दोस्रो किस्ताको रकम दशैं अगावै निकासा गर्नुपर्ने, जनमुक्ति सेनाको अस्थायी शिविरमा भएका आर्थिक अनियमितताको विषयमा सरकारी तहबाटै उच्च, स्वच्छ र न्यायिक कार्यकारी छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने र दैनिक खाद्य तथा उपभोग्य सामग्री एवं पेट्रोलियम पदार्थमा गरिएका अप्राकृतिक मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरिएको छ । उक्त ज्ञापनपत्र सेना समायोजन विशेष समिति र शिविर व्यवस्थापन समितिलाई पनि बुझाइने जनाइएको छ । ज्ञापन पत्र वुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीलाई पठाइने बताए ।
लडाकूहरुले फाराम भर्न मानेनन्
सुर्खेतपत्र संवाददाता
सुर्खेत, २१ भदौ ।
लडाकूहरु फारम भर्न नआएपछि सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकूको छैठौं डिभिजनमा विहीबार लडाकू समायोजनको प्रक्रिया सुरु हुन सकेन । सेना समायोजन विशेष समितिको यही भदौ ११ गते बसेको बैठकले यसअघि अवरुद्ध लडाकू छनोट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेपछि शिविरको जिम्मा लिएको नेपाली सेना र विशेष समितिको टोली विहानैदेखि फाराम वितरणका लागि तयार भएपनि कुनैपनि लडाकू फाराम भर्न आएनन् ।
समायोजन प्रक्रियामा देखिएका सबै विवाद अन्त्य भइसकेको जनाइएपनि आफूहरुलाई त्यसबारे कुनैपनि जानकारी नभएको र शिविरको हिसाब किताब अझै पारदर्शी नगरिएको भन्दै लडाकूहरुले फाराम भर्न मानेका छैनन् । नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले भर्ना छनौटका लागि फाराम वितरणका लागि विहानैदेखि तयारी गरिएपनि पहिले लडाकूहरुले सेना समायोजनको विशेष समिति नआएसम्म फाराम नभर्ने बताएको जानकारी दिए । विशेष समितिको टोली दिउसो करिब दुई बजे मात्रै शिविरमा पुगेको थियो । टोली शिविरमा पुगेपनि प्रक्रियामा भएका विवाद समाधानको पूर्ण जानकारी नपाएको र शिविरको हिसाब किताब पारदर्शी अझै नभएको भन्दै लडाकूहरुले फाराम भर्न नमानेका हुन् ।
विशेष समितिका सदस्य डा.दिपकप्रकाश भट्टले विहीवार लडाकूहरुसंग समायोजन प्रक्रियामा पहिले देखिएका विवाद समाधान भएकोबारे अन्तरक्रिया गर्ने जानकारी दिए । उनका अनुसार छैठांै डिभिजनमा आज शुक्रबार विहान ९ बजेदेखि छनौट प्रक्रिया सुरु हुनेछ । विदामा घर गएका लडाकूहरु समायोजनको प्रक्रिाया सुरु हुने जानकारी पाएपछि शिविरमा फर्कन थालेका छन् । छैठौं डिभिजनका करिब डेढ सय लडाकू शिविरमा फर्किसकेका छन् ।

No comments:
Post a Comment