दैलेखमा भाइरलबाट मर्नेको संख्या ८ पुग्यो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
दैलेख, २१ भदौ ।
    दैलेखमा भाइरल ज्वरोबाट मर्नेको संख्या ८ पुगेको छ । एकसाता अघि फैलिएको भाइरल ज्वरोले लालीकाँडा ५ जना, गोगनपानी १ जना, वडलम्जी १ जना र लयाटीविन्द्रासैनी गाविस १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।
    जिल्ला स्वास्थ्य कार्यालयको भनाइ अनुसार दैलेखमा केही जनामात्र भाइरल ज्वरोले मरेका छन्भने केही दम खोकी विरामी रहेको डा. सुशील भण्डारीले बताए । तर स्थानीय बासी भने भाइरल ज्वरोका कारण मरेको दावी गरेका छन् ।
    जिल्लामा अधिकांश भाइरलका विरामी दिनानुदिन बढ्दै गएका छन्भने गाउँघरका स्वास्थ्य चौकीमा दैनिक जसो ५० देखि ६० जना भाइरलका विरामीहरु आउने गरेको लयाटीविन्द्रासैनी उपस्वास्थ्य चौकी इन्चार्ज मानकुमारी शाहीले बताइन् ।
    जिल्लाभरिमा भाइरलका विरामी कति छन् त्यसको तथ्यांक भने आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

No comments:

Post a Comment