सुर्खेत, ३० भदौ ।
लोकतन्त्रमा पनि नेपाली प्रेसले सुरक्षाको अनुभूति गर्न सकेको छैन । राजनीतिक दलहरुले मुखले जति प्रशंसा गरेपनि दलहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप प्रेससंवद्ध व्यक्तिहरुले लगाएका छन् । प्रेस चौतारी सुर्खेतको चौथो जिल्ला अधिवेशनका क्रममा शनिवार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस स्वतन्त्रता रहेसम्म जनताका अधिकार सुनिश्चित गर्न सकिने बताए । उनले राजनीतिक दलहरुले प्रेसको प्रशंसा गरेर कहिल्यै नथाकेपनि उनीहरु नै प्रेस स्वतन्त्रता कुण्ठित गर्न उद्दत रहेको जनाए । उनले मुलुकमा निरंकुशता लाद्ने प्रयत्न भए नेपालका संचारमाध्यमहरु एक्लै भएपनि लड्ने उनको भनाइ छ । साथै जनमुखी पत्रकारिता नै अहिलेको आवश्यकता भएको बताउँदै यसतर्फ लाग्न उनले सुझाव दिए ।
कार्यक्रममा प्रेस चौतारीका महासचिव विष्णु रिजालले लोकतन्त्र र गणतन्त्रको अवधिमा पनि नेपाली प्रेसले सुरक्षाको अनुभूति गर्न नसकेको बताए । उनले नेपाली पत्रकारितामा आर्थिक अभाव, तालिम, सीप, दक्षताको अभाव रहेको बताउँदै स्वतन्त्रता र व्यवसायिकता नै अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गरे । लोकतन्त्रमा पनि नेपाली प्रेसले सुरक्षाको अनुभूति गर्न सकेको छैन । राजनीतिक दलहरुले मुखले जति प्रशंसा गरेपनि दलहरुले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप प्रेससंवद्ध व्यक्तिहरुले लगाएका छन् । प्रेस चौतारी सुर्खेतको चौथो जिल्ला अधिवेशनका क्रममा शनिवार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गगन विष्टले प्रेस स्वतन्त्रता रहेसम्म जनताका अधिकार सुनिश्चित गर्न सकिने बताए । उनले राजनीतिक दलहरुले प्रेसको प्रशंसा गरेर कहिल्यै नथाकेपनि उनीहरु नै प्रेस स्वतन्त्रता कुण्ठित गर्न उद्दत रहेको जनाए । उनले मुलुकमा निरंकुशता लाद्ने प्रयत्न भए नेपालका संचारमाध्यमहरु एक्लै भएपनि लड्ने उनको भनाइ छ । साथै जनमुखी पत्रकारिता नै अहिलेको आवश्यकता भएको बताउँदै यसतर्फ लाग्न उनले सुझाव दिए ।
पूर्वमन्त्री यामलाल कँडेलले लोकतन्त्र प्राप्तिपछि पनि पत्रकारिता यात्रा जोखिमपूर्ण रहेको बताए । उनले रहर गरेर मात्र पत्रकार नभइने भएकोले पेशा बनाउन सुझाव दिए । लोकतन्त्र र गणतन्त्रका पक्षमा हात नकमाएर आवाज उठाउनुपर्ने उनको जोड थियो । सुर्खेतका अध्यक्ष युवराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा चौतारीका उपाध्यक्ष राजेन्द्र अर्याल, नेकपा एमाले सुर्खेतका उपाध्यक्ष शिवप्रसाद उपाध्याय, चौतारीका केन्द्रीय सदस्य यज्ञराज थापा, प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, क्रान्तिकारी पत्रकार संघका गणेश कंचन भारतीलगायतले जनमुखी पत्रकारिता का पक्षमा धारणा राखेका थिए ।
यसैगरी प्रेस चौतारी सुर्खेतको चौथो अधिवेशनले लक्ष्मण भण्डारीको अध्यक्षतामा १४ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । चौतारीको उपाध्यक्ष मा सूर्यप्रकाश कँडेल, सचिव दिपेन्द्र वली, कोषाध्यक्ष प्रतिमा परियार सहसचिव विनोद शाही छन् । सदस्यहरुमा दिपक जैशी, विन्दु पुरी, रमेश वम, गोपी अधिकारी, विनोद लम्साल र गोविन्द खत्री रहेका छन् । दलितबाट तेज सोनाम, अल्पसंख्यकबाट अकवर खान र महिलाबाट विमला खड्का पनि सदस्यमा चयन भएका छन् ।
No comments:
Post a Comment