नेपालगञ्ज, ३० भदौ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर राजधानीबाट जुम्लाका लागि उडेको नेपाली सेनाको हेलिकोप्टरलाई शनिवार दिउँसो बाँकेको कचनापुर–५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गराइएको छ ।
जुम्लाका लागि उडेको नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर मौसमको खराबीका कारण कचनापुरमा आकस्मिक अवतरण गरिएको थियो । काठमाडौंबाट सुर्खेत हुँदै जुम्लातर्फ जानुपर्ने हेलिकोप्टरलाई मौसमको खराबीका कारण भैरहवा–तुल्सीपुर–सल्यानतिर डाइभर्ट गरिएको थियो । तर त्यो रुटमा पनि बर्षा भई मौसम खराब भएपछि चालकले हेलिकोप्टर राप्ती किनारमा अवतरण गराएका थिए । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित उच्च सरकारी अधिकारी लिएर राजधानीबाट जुम्लाका लागि उडेको नेपाली सेनाको हेलिकोप्टरलाई शनिवार दिउँसो बाँकेको कचनापुर–५ स्थित राप्ती नदी किनारमा आकस्मिक अवतरण गराइएको छ ।
राजधानीबाट सुर्खेतका लागि उडेको सो हेलिकोप्टर मौसम खराबीका कारण रुट परिवर्तन गर्दापनि अगाडि जान नसकेपछि दिउँसो १२ बजेर २१ मिनेट जाँदा बाँकेको कचनापुर–५ मा राप्ती नदी किनारमा सुरक्षित अवतरण गराइएको नेपालगन्ज विमानस्थल टावरका प्रबन्धक श्याम किशोर शाहले बताए । उनका अनुसार करिब ३७ मिनेट सो हेलिकोप्टर राप्ती नदी किनारमा राखिएको र त्यसपछि मौसम ठीक हुँदै गएपछि १२ बजेर ५६ मिनेटमा हेलिकोप्टर लाई नेपालगन्जका लागि उडाई १ बजेर ४ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गराइएको थियो ।
प्रधानमन्त्रीको टोलीले नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूमा दिउँसोको खान खाएर पुन: जुम्लाका लागि अपरान्ह ३ बजेर १५ मिनेटमा उडेको थियो । हरेक महिना जनताको घरमा बस्ने योजना अन्तर्गत प्रधानमन्त्री भट्टराई शनिवार आफ्नो टोलीसहित जुम्लातर्फ जाँदै थिए । प्रधानमन्त्री शनिवार राती तातोपानी गाविस–१ राँका गाउँका मानसिंह सार्कीको घरमा बस्ने कार्यक्रम रहेको छ । मौसमको खराबीले हेलिकोप्टर अगाडि बढ्न नसक्दा आकस्मिक अवतरण गराउनुपर्दा निकै अन्यौलको वातावरण बनेको प्रधानमन्त्रीको टोलीमा रहेका प्रेस काउन्सिलका सदस्य मनऋषि धितालले बताए । प्रधानमन्त्रीको सो टोलीमा प्रधानमन्त्री भट्टराई, मुख्य सचिव लीलामणि पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजना मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहलगायत छन् ।
No comments:
Post a Comment