![]() |
| तुलाराम विष्ट |
नेपालको जुनसुकै राज्यकोषमाथि भ्रष्ट ब्रम्हलुटका विश्वासिला तथ्यहरु अहिलेसम्ममा पत्ता लागेको भएपनि त्यसले रकम व्यापक दुरुपयोगको निष्पक्षरुपमा छानविन गर्न सकिरहेको छैन । त्यस्ता अपराधमा संलग्न अपराधीहरुलाई बरु समाजमा सम्मान र इज्जत गरिन्छ त्यो उसको प्रगति सम्झिइन्छ । नेपाल भ्रष्टाचारमा अगाडि बढ्दैछ भन्ने कुरा राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरुले रिर्पोट प्रतिबेदन पेश गरेको भएपनि त्यसतर्फ पर्याप्त ध्यान गएको पाइन्न । एकातिर राज्य संयन्त्र नै लामो समयदेखि भ्रष्ट संस्कृतिबाट अभ्यस्त बन्दै आएको छ भने अर्कातिर राजनीतिक शक्तिहरु सत्तामा पुगेपछि त्यस संस्कारको शिकार बनेको कुरा सत्य हो । जनताले आफ्ना आधारभूत आवश्यकता पूर्तिका निम्ति वा दैनिक राज्य संचालन तथा विकास निर्माणका निम्ति जम्मा गरेको राजस्वमाथि कसरी रजाइ गर्ने र व्यक्तिगत तथा पारिवारिक स्वार्थ पुरा गर्ने त्यो देशका मन्त्रीहरु देखि लिएर उच्च पदस्त कर्मचारी हुँदै तल्लो तहसम्मका सार्वजनिक पदधारण गरेका कर्मचारीहरुसमेत सत्ताको दुरुपयोग मात्र होइन मोटो रकम असुल्नमै व्यस्त देखिन्छन् ।
यसरी मौलाउँदै गएको यो संस्कृतिले अन्तत: देशलाई नै अकल्पनीय संकटमा लिदैछ भने जनतालाई अन्यायपूर्ण जीवन बिताउनुपर्ने बाध्यता पनि सिर्जना गरिरहेको छ । त्यसकारण देशमा भोक, रोग र अन्याय अत्याचार दिनप्रतिदिन बढिरहेको छ । यसरी राज्यको ढुकुटीमाथिको यो दोहनलाई नेपाली जनताले सधैंभरी टुलुटुलु हेरेर बसिरहन बाध्य छन् । हाम्रो संस्कृति त यसरी विकृत बन्दै गइरहेको छ कि कुनै व्यक्तिले आफ्नो गलत कार्य गर्नुपरेमा वा गरेमा उक्त कार्य गर्न मानेन भने उसलाई अप्ठेरा ठाउँमा झन् ठूलो विपत पर्नेछ सोचेर भ्रष्टाचार झन्झन् संस्थागत बन्दै
गइरहेकोछ । मुलुकको हरेक क्षेत्रमा नातावाद, कृपावाद र हुकुमी शैलीको बलमा योग्य भएतापनि लाखौं करोडौंको रकम हात पछाडिबाट त्यो सम्भव नभए
पारिवारिक सम्बन्ध विस्तार गर्दै घरमा रकम बुधmाउनु पर्ने र अफिसबाट कार्य सम्पन्न हुने व्यवस्थाको थालनी भएको छ ।
अर्कातर्फ जागीर लगाउने वहाना होस् या कमाउने ठाउँमा सरुवा गरिदिनका निम्ति होस्, नागरिकता बनाउन होस्, राजश्व छल्नमा होस्, छिटो काम गर्न होस्, ठेक्कापट्टामा होस् वा हिंड्दा बस्दासमेत घुस लिने दिने, चिठ्ठीको खाममा पैसा राखेर भ्रष्टाचार गर्ने एउटा प्रवृत्ति रहेको छ । यदि कसैले घुस दिदैंन भने गैरकानुनी ढ्रंगबाट कार्य गराएरै भएपनि रकम असुल्ने नत्र उनीहरुको कार्य भोली–पर्सी भनेर दिन टाल्दै जोन यो प्रवृतिले राज्यशक्तिको आडमा
गरिएको यो प्रयात्नले देशमा सु–शासन जनताको पक्षमा छ कसरी भन्न मिल्छ ? गरीब जनतासंग सावाँ व्याजसहित राज्यबाट सुविधा पाएका व्यक्तिहरु यसरी रकम भुक्तानी गर्दछन् भने यो भन्दा बढी अन्याय अरु के हुनसक्छ । प्रश्न यो हो कि गरीब जनताको जागीर के हो । जागीर पाएकाहरुलाई तलबले पुग्दैन भने त्यसको निशाना जनतालाई किन बनाइदैछ । अहिले भ्रष्टाचारमा प्रतिस्पर्धा भएरहेको छ । कसले धेरै भ्रष्टाचार गर्ने वा गर्नसक्ने । नैतिकता, कर्तव्य र मानवताको भावना छैन । यसरी झुट बोल्दैन, पैसा लिंदैन, षड्यन्त्र गर्न जान्दैन भने त्यो व्यक्ति समाजका निम्ति लाटो ठहरिन्छ त्यसको कुनै काम हुँदैन । वास्तवमा जसले हरेक क्षेत्र लुटेको छ त्यो व्यक्ति बाठो, बुद्धिमान, धनवाला
ठहरिन्छ । त्यसका पछाडि नारा जुलुस हुन्छ, गुण्डा हुन्छन्, राजनीतिक दलहरु हुन्छन्, कुलको इज्जत धान्छ, जग्गा दलहरुले छोरी दिन्छन्, ठूलो घर बन्छ, सामान्य मानिसलाई खुट्टाले कुल्चन्छ त्यो उसका निम्ति धर्म हुन्छ ।
चिया पसलदेखि मन्त्री कार्यालयसम्म कुन ठाउँमा विकृतिको भ्रष्टाचार छैन विशेष सुविधावाफत दुरुपयोग नगरेसम्म नलाग्ने यसले कसको छवि विगार्दैछ यस विरुद्धमा विद्रोहको आयो किन दन्किन्न । यसको कारण हो कि हामी त्यही संस्कृतिमा हुर्केका छौं । यो सम्पूर्ण नेपालीहरुका निम्ति दु:खको कुरा हो । इमान्दार कर्तव्यनिष्ठ र बहादुरको पर्यायवाची नेपाली बनाउन सफल पुर्खाहरुको योगदानमाथि बलात्कार गर्दै देश र जनताका निम्ति शिक्षित वर्गबाटै भ्रष्ट नेपालीमा रुपान्तर हुनु देश विकासको निम्ति अत्यन्त घातक छ । हामीले कसरी न्याय दिने र पाउने गरेका छौं । हरेक व्यवस्था परिवर्तन भ्रष्टाचारका लागि कि देशमा जनताको अधिकारको सु–शासनका लागि वा संसारभरी नै वदनाम कमाउन त्यसका साथै यो प्रक्रियाको अन्त्य नभएसम्म नेपालको भविष्य पनि अन्धकारतर्फ लम्किरहेको प्रतित हुन्छ । भ्रष्ट संस्कृतिलाई समाप्त पार्न हरेक व्यक्तिभित्रवाटै संघर्ष सुरु गर्दै भ्रष्ट संस्कृतिको विरुद्धमा जुध्न जरुरी छ । आफ्नो सुविधाका निम्ति अर्काको सुविधानमाथि भ्रष्ट आचरण अपनाउने जुनसुकै व्यक्तिलाई सामाजिक वहिष्कार गर्नुपर्दछ ।
जेल तिनका निम्ति होइन मृत्यु सजाय दिनुपर्दछ । उनीहरुको पारिवारिक सम्पूर्ण सम्पत्ति राज्य कोषमा जम्मा गरेर विकास निर्माणमा लगाउनु पर्दछ । कानुनले यस्ता व्यक्तिलाई सजाय तोके पनि त्यो व्यवहारमा लागू भएको छैन । उल्टो कानुनि व्याय दिने व्यक्तिहरु खरिद विक्री हुने समस्या देखापरेको छ । यो स्थिति कायम रहँदै जाने होभने जुन व्यवस्था, राजनीतिक दल आएमा पनि यो संस्कृतिको अन्त्य गर्न सक्नेछैनन् । त्यसकारण भ्रष्टाचार यस्तो चिज हो जसले नैतिकता समाप्त मात्र पार्दैन कि त्यसले कर्तव्य र मानवताको खिल्ली उडाउँदछ । पशुले नगर्ने व्यवहार गर्दछ त्यो मानव होइन समाजको राक्षस हो, द्रव्य पिचास हो उसको व्यवहार नै भ्रष्टाचार हो । ऊ जतिसुकै शिक्षित र योग्य भएतापनि साउनको महिना आँखा फुटेको गोरु हो । यस्ता गोरु विरुद्ध एकाकार हुनु देशप्रेमी नेपालीहरुको कर्तव्य हुन आएको छ ।

No comments:
Post a Comment