मुगु, २१ भदौ ।
खत्याड भेकका सात गाविसका विभिन्न स्थानमा बिना इजाजतपत्र निजीरूपमा मेडिकल सञ्चालन भई अवैधरूपमा औषधि बेचबिखन भइरहेको पाइएको छ । गमगढी सुकाढिक आवतजावत गर्ने मूलबाटामा पर्ने श्रीकोट गाविसको खर्कमा वीरगन्जका रोहितकुमार यादवले मेडिकल सञ्चालनका लागि आवश्यक पर्ने कागजात कानुनी मान्यता विपरित मेडिकल खोली औषधि बेचबिखन तथा बिरामीको जाँच गरिरहेका छन् ।
सोनी मेडिकल हलका रूपमा खोलिएको उक्त मेडिकलको साइनबोर्डमा डा. रोहितकुमार यादव लेखिएको छ तर त्यस सम्बन्धी आवश्यक पर्ने कागज यादवसंग छैन । नेपाल औषधि व्यवसायी परिषद् बाँसबारी काठमाडौंबाट ल्याइएको अहेव पढेको प्रमाणपत्रबाहेक अरू कुनै कागजात उनीसंग छैन । यसअघि यसरी अवैधरूपमा सञ्चालन भइरहेका मेडिकलबाट अवैधरूपमा गर्भपतन गराउन खोज्दा दुई महिलाको ज्यान जोगाउन धौ–धौ परेको थियो ।खत्याड भेकका सात गाविसका विभिन्न स्थानमा बिना इजाजतपत्र निजीरूपमा मेडिकल सञ्चालन भई अवैधरूपमा औषधि बेचबिखन भइरहेको पाइएको छ । गमगढी सुकाढिक आवतजावत गर्ने मूलबाटामा पर्ने श्रीकोट गाविसको खर्कमा वीरगन्जका रोहितकुमार यादवले मेडिकल सञ्चालनका लागि आवश्यक पर्ने कागजात कानुनी मान्यता विपरित मेडिकल खोली औषधि बेचबिखन तथा बिरामीको जाँच गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख अधिकारी एवं जिल्ला गुनासो सुनुवाइ समितिका संयोजक भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले खर्कमा अवैधरूपमा सञ्चालन भएको मेडिकलबाट स्वास्थ्य जाँच तथा औषधि बेचबिखन रोक्न पहिलोपटक पत्राचार गर्ने तथा जिल्ला स्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित गराउन यथाशीघ्र अनुगमनसमेत गर्ने निर्णय गरेको छ ।
खत्याड भेकमा रहेका सेरी, श्रीकोट, गम्था, कोटडाँडा, सुकाढिक र ह्यााग्लु गाविसमा रहेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी स्वास्थ्यचौकीमा नबसेर निजी मेडिकलमा बस्ने गरेका छन् । अबदेखि स्वास्थ्यचौकीमा नबस्ने स्वास्थ्यकर्मीलाई तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विर्षबहादुर शाहीले बताए । खर्कमा सञ्चालित मेडिकलले एकैचोटि ठूलो परिणाममा औषधि सेवन गराउँदा बिरामी झन् बिरामी पर्ने गरेको देखिएको छ । निजीरूपमा औषधि पसल सञ्चालन गर्न औषधि व्यवस्था विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्छ भने आन्तरिक राजश्व कार्यालयमा समेत व्यवसाय दर्ता गराई कर तिर्नुपर्ने प्रावधान छ ।
No comments:
Post a Comment