कालिकोट बस दुर्घटनामा २८ को मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कालिकोट, २६ भदौ ।
    कालिकोट सदरमुकाम मान्मदेखि जुम्ला जाँदै गरेको ना ४ ख ६८७७ नम्वरको यात्रुबाहक बस सोमवार राती पाखा गाविस– १ को  बिर्तामोडमा दुर्घटनामा हुँदा २८ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये २३ जनाको सनाखत भएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम नाथ निरौलाले जानकरी दिएका छन्  । दुर्घटनामा ११ जना घाइते भएका छन ।  
    मृत्यु हुनेहरुमा मान्म–५ का जगताकुमारी शाही, पाँखा गाविस–१ का कान्छी मल्ल, जंगबहादुर शाही, दैलख राउतकोट गाविसकी लालकौरा सिंह थापा, राँचुली–८ का गोबिन्द कोइराला, बैतडी जिल्ला दशरथ नगरपालिका घर भइ संग्रमशार्दुल गुल्म कालिकोटमा कार्यरत मनोज सिंह कार्की, कैलाली  साँडेपानी गाविसका  लालबहादुर भण्डारा,जुम्ला जिल्ला कालिकाखेतु–५ का पसल शाही, सोही गाविस–६ का बजीर शाही, दलजीत शाही, नयाँ शाही, जुम्ला महतगाउँ–८, भीमदत्त कुँवर, जुम्ला पाण्डुगुफा–१ का नरेन्द्र कार्की , जुम्ला कुडारीका कमलराज शाही, सोही ठाउँका धनजीत नेपाली, मिनबहादुर रोकाया, चन्दनाथ–५ का गोपीचन्द्र उपाध्याय, सोही गाविस–२ का शसन्त रावत, छाप्रे–५ का धनराज रावत  लगायत २८ जना रहेका छन् । बाँकीको यो समाचार तयार, पार्दासम्म सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते हुनेहरुमा सुकाटिया गाविस–४ का नन्द दमाई, जुनपुरा जैसी, जुम्ला गोठीचौर गाविसका बसन्त बुढा १९, जुम्ला कालिकाखेतका नयाँ शाही, भैरव रावत जुम्ला चन्दननाथ–२, ओदानकु–२ विउरा सिंह, छाप्रे गाविसका रणबहादुर शाही, मुगु जिल्ला कार्कीवाडा गाविसका जयबहादुर भाम, जुम्ला चन्दनाथका पदम शाही रटोपेन शाही रहेका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि मंगलवार हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्न लगिएको छ । रातीको समयमा चालकले बस नियन्त्रणमा लिन नसकि ६ सय मिटर तल तिला नदीको तिरमा खसेको बताइएको छ । नेपालगन्जमा घाइतेहरुको उपचार भइरहेको छ ।

No comments:

Post a Comment