सुर्खेत, २२ भदौ ।
सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनका पूर्व लडाकूहरु उमेर हदका कारण समायोजनमा नपर्ने भएपछि रोकिएको भर्ना प्रक्रिया सहमतिमा शुक्रवार दिउँसोबाट सुरु भएको छ । उमेर हदका कारण अधिकांश लडाकूहरु समायोजनमा नपर्ने भएपछि लडाकूहरुले अवकाश लिने सहमति गरेपछि सेना समायोजनको भर्ना छनौट प्रक्रिया शुक्रवार दिउँसोबाट सुरु भएको हो ।
उमेर हद नाघेका करिव १ सय जना पूर्व लडाकूहरुले स्वैच्छिक अवकाश लिने निर्णय गरेपछि भर्ना छनोट प्रक्रियामा सहभागी भएको छैठांैं डिभिजनका पूर्व लडाकू अनिल वमले जानकारी दिए । समायोजन रोजेर सेनामा जाने इच्छा गरेका लडाकूहरु उमेर हदका कारण जान नपाएको उनले गुनासो गरेका छन् । सुर्खेतको दशरथपुरस्थित छैठौं डिभिजनका पूर्व लडाकूहरु उमेर हदका कारण समायोजनमा नपर्ने भएपछि रोकिएको भर्ना प्रक्रिया सहमतिमा शुक्रवार दिउँसोबाट सुरु भएको छ । उमेर हदका कारण अधिकांश लडाकूहरु समायोजनमा नपर्ने भएपछि लडाकूहरुले अवकाश लिने सहमति गरेपछि सेना समायोजनको भर्ना छनौट प्रक्रिया शुक्रवार दिउँसोबाट सुरु भएको हो ।
सेना समायोजनको भर्ना छनोट प्रक्रियामा शुक्रवार दुई जना महिला लडाकूसहित एक सय जनाले फारम दर्ता गराएको विशेष समितिका सचिवालय सदस्य केशबहादुर शाहीले जानकारी दिए । पूर्व लडाकूहरुले उमेर हदका बारेमा छलफलमा जुटेका कारण भर्ना छनोट प्रक्रिया सुचारु हुन केही ढिलाइ भएको थियो ।
शुक्रवार साँझसम्म शिविरभित्र ३ सय ९२ जना लडाकू प्रवेश गरेको समितिले जनाएको छ । छैठौं डिभिजनमा समायोजन रोजेका ५ सय ७२ मध्ये १ सय १८ जना प्लाटुन कमाण्डरदेखि डिभिजन कमाण्डरसम्म रहेका छन् ।
No comments:
Post a Comment