सुर्खेत, २२ भदौं ।
दैलेख दुल्लुकी तारा सिंहले अहिले आफूलाई सहयोग गर्न सबैसंग याचना गरेकी छन् । केही महिना अघि सुर्खेत आएकी उनी विरामी समेत छिन् । सहयोगका लागि उनी बिहानै उठेर भोको पेटमा वीरेन्द्रनगर बजार भौतारिंदै हिंड्ने गरेकी छन् । दिनभरी मागेको पैसाले औषधि किन्ने गरेको उनले बताइन् । जन्मजात नै मिर्गीको रोगी भएकोले उपचारका लागि आफूले सहयोग माग्दै दैलेखदेखि सुर्खेतसम्म आएको उनले बताइन् ।
२०५२ सालमा उनले तर्कबहादुर सिंहसंग बिहे गरेकी थिइन् । अहिले उनका श्रीमान सन्यासी बनेका छन् । सम्पत्तिको नाउँमा एउटा सानो घर र अलिकति जग्गा भएपनि जालझेल गरेर देवरले लगेको उनले दैलेख दुल्लुकी तारा सिंहले अहिले आफूलाई सहयोग गर्न सबैसंग याचना गरेकी छन् । केही महिना अघि सुर्खेत आएकी उनी विरामी समेत छिन् । सहयोगका लागि उनी बिहानै उठेर भोको पेटमा वीरेन्द्रनगर बजार भौतारिंदै हिंड्ने गरेकी छन् । दिनभरी मागेको पैसाले औषधि किन्ने गरेको उनले बताइन् । जन्मजात नै मिर्गीको रोगी भएकोले उपचारका लागि आफूले सहयोग माग्दै दैलेखदेखि सुर्खेतसम्म आएको उनले बताइन् ।
बताइन् । उनको एउटा छोरा छ जो अर्काको बाख्रा चराउन बसेका छन् ।
उनलाई सहयोगका लागि भनेर जिल्ला विकास समिति दैलेखले नि:शुल्क उपचार र सहयोगको सिफारिस बनाइदिएको छ । उनी त्यही सिफारिस देखाउँदै कार्यालय र पसल–पसल चाहर्ने गरेकी छन् । आफूलाई सहयोग गरिदिन समेत उनले आग्रह गरिन् ।
No comments:
Post a Comment