एक नयाँ अध्ययनले यदि क्यान्सर रोगीले बिहे गरेमा उसको आयु बढ्ने देखाएको छ । अध्ययन अनुसार अविवाहित रहेका फोक्सोका क्यान्सर रोगी भन्दा विवाहित रोगी बढी बाँच्न सफल भएका छन् । विवाहले फोक्सोका क्यान्सर रोगीलाई मात्र होइन प्रोस्टेट, टाउको तथा घाँटी लगायतका अंगमा क्यान्सर भएका मानिसलाई समेत बढी बाँच्न सफल बनाएको शोधकर्ताहरुको भनाइ छ । निकै गम्भीर प्रकृतिको फोक्सोको क्यान्सरबाट पीडित १ सय ६८ जना मानिसहरुमा यस्तो अध्ययन गरिएको थियो । सन् २००० देखि २०१० सम्म औषधि तथा विकिरणबाट उपचार गराएका ती क्यान्सर रोगीमध्ये अविवाहित रोगीहरु कम बाँचेको पाइएको छ । एक दशकसम्म त्यसरी उपचार गराएकाहरुको बारेमा हालै गरिएको सर्वेक्षण अनुसार अविवाहित मध्ये केवल १० प्रतिशत क्यान्सर रोगीमात्र अहिलेसम्म बाँचेका छन्भने विवाहित मध्ये एक तिहाइ रोगी बाँच्न सफल भएका छन् ।
अध्ययनले विवाहले पुरुष भन्दा महिला क्यान्सर रोगीलाई बढी फाइदा हुने पनि देखाएको छ । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले विवाहले क्यान्सर रोगीको आयु बढ्नुमा खासगरी व्यावहार सुसार तथा रोगीको आत्मवल मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । अविवाहितभन्दा विवाहित रोगीहरुले बढी स्याहार पाउने तथा नियमित उपचार समेत गराउने भएकाले उनीहरु बढी बाँच्ने गरेका हुन् । वास्तवमा बिहे गर्ने क्यान्सर रोगका लागि मात्र होइन अरु शारीरिक तथा मानसिक स्वास्थ्य समर्याको न्यूनीकरण तथा निदानमा समेत उपयोगी हुने आम विश्वास रहिआएको छ ।
No comments:
Post a Comment