माछाको तेलले सधैं तन्नेरी

    एक नयाँ अध्ययनले नियमित ब्यायामसंगै माछाको तेल नियमित सेवन गर्ने मानिसमा बुढ्यौलीको समस्या छिटो नदेखिने तथ्य पत्ता लगाएको छ । माछाको तेलमा पाइने खास तत्वले शरीरका मांशपेशीलाई तन्दुरुस्त बनाउने र यसो हुँदा पाको उमेरमा समेत मानिस तन्दुरुस्त तथा जवान देखिने शोधकर्ताहरुको भनाइ छ । माछाको तेलमा पाइने ओमेगा थ्री फ्याट्रिक अम्ल बुढोपना रोक्नमा कामयावी हुने बताइएको छ । जैतुनको तेलको प्रयोग गर्नेमा भन्दा माछाको तेल प्रयोग गर्ने मानिसको मांशपेशी बढी मजबुत पाइएको छ ।
    यो शोध अपेक्षाकृतरुपमा कम मानिसमा गरिएको र यसलाई पुष्टि गर्नअझै धेरै जनसंख्यामा परीक्षण गर्ने योजना शोधकर्ताहरुको छ । बेलायतको एबरडिन विश्व विद्यालयका शोधकर्ताहरुले गरेको यो शोध अनुसार माछाको तेल नियमित सेवन गर्ने मानिसमा ह्दयाघातको खतरा पनि कम हुन्छ । उमेर बढेसंगै मानिसको मांशपेशी कमजोर बन्ने तथा तन्तुहरु नष्ट हुने समस्या देखा पर्छ यसलाई सार्कपेनिया भनिन्छ । खासगरी पचास वर्ष कटेपछि महिला तथा पुरुषमा यस्ता समस्या देखापर्छन् । तर माछाको तेलको नियमित सेवन गर्नाले मांशपेशीको क्षयीकरण कम गरी छिटो बुढ्यौलीका लक्षण देखिने समस्यालाई दुर गर्ने शोधकर्ताहरु बताउँछन् ।     (एजेन्सीहरुको सहयोगमा)

No comments:

Post a Comment