काठमाडौं, २३ भदौ ।
द्वन्द्वकालमा क्षतिग्रस्त भौतिक संरचनामध्ये हालसम्म आधा मात्रै संरचनाको पुनर्निर्माण हुन सकेको छ । सशस्त्र द्वन्द्वका क्रममा क्षति पुर्याइएका ५ हजार ५ सय ६० संरचनामध्ये आव २०६८/६९ सम्म २ हजार ८ सय ८३ संरचनाको पुनर्निर्माण गरिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जनाएको छ । द्वन्द्वबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्न स्वीकृति प्राप्त आयोजनाको संख्या ६ सय १० पुगेको र गत आवमा ३ सय ८४ वटा पुनर्निर्माणका आयोजनाको निर्माण सम्पन्न भएको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी दामोदर भण्डारीले जानकारी दिए । मन्त्रालयले माओवादी सेनाका घाइते तथा अपांग लडाकूको लगत संकलन गरी पुनस्र्थापनासहितको प्रस्ताव तयार गर्न कार्य दल गठन गरेको र सो कार्यदलको प्रतिवेदन अनुसार २ करोड ४० लाख रकम निकासा भएकोपनि जनाएको छ ।
विशेष राहततर्फ विगतमा एक लाख प्राप्त गरेका बेपत्ता पारिएका व्यक्तिको हकदारलाई थप दुई लाख वितरण गर्न जिल्लामा निकासा पठाएकामा हालसम्म १ हजार ४ सय ६० जनाले रकम पाइसकेको पनि जनाइएको छ । मन्त्रालयका अनुसार द्वन्द्वप्रभावित क्षेत्र विशेष कार्यक्रमका लागि १० करोड अख्तियारी पठाउने काम भएको, शान्तिका लागि विकास कार्यक्रम सञ्चालनका २० करोड अख्तियारी पठाइएको, मन्त्रालय अन्तर्गतको इमर्जेन्सी पिस सपोर्ट परियोजनामार्फत १० हजार द्वन्द्वपीडित परिवारमध्ये हालसम्म ३ हजार ३० जनालाई रोजगार र स्वरोजगार तालिम दिइएको जनाइएको छ । शान्ति कोष सचिवालयमार्फत प्रथम चरणमा १ सय प्रहरीचौकी निर्माण भइरहेकामा हालसम्म ९४ चौकीको निर्माण पूरा भएको, दोस्रो चरणमा ८१ चौकीको निर्माण भइरहेको र त्यसका लागि हालसम्म प्रहरी प्रधान कार्यालय र मातहतलाई १ अर्ब ११ करोड १२ लाख ५४ हजार निकासा दिइएको सूचना अधिकारी भण्डारीले जानकारी दिए । द्वन्द्वकालमा क्षतिग्रस्त भौतिक संरचनामध्ये हालसम्म आधा मात्रै संरचनाको पुनर्निर्माण हुन सकेको छ । सशस्त्र द्वन्द्वका क्रममा क्षति पुर्याइएका ५ हजार ५ सय ६० संरचनामध्ये आव २०६८/६९ सम्म २ हजार ८ सय ८३ संरचनाको पुनर्निर्माण गरिएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जनाएको छ । द्वन्द्वबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्न स्वीकृति प्राप्त आयोजनाको संख्या ६ सय १० पुगेको र गत आवमा ३ सय ८४ वटा पुनर्निर्माणका आयोजनाको निर्माण सम्पन्न भएको मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी दामोदर भण्डारीले जानकारी दिए । मन्त्रालयले माओवादी सेनाका घाइते तथा अपांग लडाकूको लगत संकलन गरी पुनस्र्थापनासहितको प्रस्ताव तयार गर्न कार्य दल गठन गरेको र सो कार्यदलको प्रतिवेदन अनुसार २ करोड ४० लाख रकम निकासा भएकोपनि जनाएको छ ।
मन्त्रालयका अनुसार २२ जिल्लाका आमाबाबु दुवै गुमाएका टुहुरा बालबालिका ३ सय ४८ जनालाई मासिक ५ हजारका दरले १ सय ८९ वर्ष नपुग्दासम्मका लागि नियमित खर्च दिने गरिएको र गत जेठ महिनामा १ हजार १९ जनालाई व्यक्तिगत सम्पत्तिको क्षतिपूर्तिबापत ५ करोड ४९ लाख ७५ हजार २ सय ४३ वितरण गरिएको छ । सूचना अधिकारी भण्डारीले मन्त्रालयमार्फत आव २०६५/०६६ मा ३० करोड ७ लाख ७६ हजार संविधान निर्माण प्रायोजनको प्रशासनिक खर्चबापत उपलब्ध गराइएको, निर्वाचन मतदाता परिचयपत्र बनाउनका लागि आव २०६६/०६७ मा ३८ करोड र आव २०६७/०६८ मा १२ करोड २० लाख गरी ५० करोड २० लाख निर्वाचन आयोगलाई प्रदान गरिएको जानकारी दिए ।
No comments:
Post a Comment