सुर्खेत, ३० भदौ ।
नेरामाध्यमिक विद्यालय खेल्नेचौर डाँडाखाली–२ सुर्खेतको विद्यालय व्यवस्थापन समितिमा भीमराज भारतीलाई सर्वसम्मत चयन भएका छन् । शनिवार भएको अविभावकहरुको भेलाले भारतीलाई अध्यक्षमा चयन गरेको हो ।
सुरुमा ५ जना उम्मेदवार अघि सरेपनि पछि छलफल गरी भारतीलाई चयन गरेको विद्यालयका प्रधानाध्यापक यज्ञ चन्दले जानकारी दिए । नेरामाध्यमिक विद्यालय खेल्नेचौर डाँडाखाली–२ सुर्खेतको विद्यालय व्यवस्थापन समितिमा भीमराज भारतीलाई सर्वसम्मत चयन भएका छन् । शनिवार भएको अविभावकहरुको भेलाले भारतीलाई अध्यक्षमा चयन गरेको हो ।
तत्कालका लागि समिति ४ सदस्यी भएको र समितिको पहिलो बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिने जनाइएको छ । कार्यसमितिमा चयन भएपछि विद्यालयको शैक्षिक वातावरण सुधार्ने र सिम्ता क्षेत्रकै नमूना विद्यालय बनाउन आफू लागि पर्ने नवनियुक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भारतीले जनाए ।
खेल्नेचौर माविले सिम्ता क्षेत्रमै अहिलेको एसएलसी परीक्षामा सवैभन्दा बढी अंक ल्याएको थियो ।
No comments:
Post a Comment