दाङ, २२ भदौ ।
विभिन्न स्थानमा गरिएको धानखेतीमा रोग लागेपछि किसान चिन्तित बनेका छन् । तुलसीपुर नगरपालिकाका विभिन्न वडा, ढिकपुर, नारायणपुर र डुरुवा गाविसमा लगाएको धानखेतीमा ब्लास्ट र गुवारो रोग लागेको हो । जिल्ला कृषि विकास कार्यालय दाङले भने बीउ राख्ने समयमा बीउमा उपचारमा ध्यान नदिनु तथा बालीचक्र नहुनुले धानबालीमा रोग लागेको जनाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत सहसराम चौधरीका अनुसार अधिकांश कृषकलाई बाली चक्रविधि थाहा रहेन, यसले गर्दा प्रत्येक वर्ष एउटै जातको धान त्यो पनि घरमा नै राखिएको बीउमा प्रयोग गरेका कारण धानबालीमा रोग देखापरेको हो ।
ब्लास्ट रोग लागेको धानमा आँखा आकारमा बीचमा सेतो र छेउछाउमा खैरो रङका थोपा देखिने गर्छ, सका कारण धानका पात सुक्दै जाने र बिस्तारै धानको बोट मर्ने गर्छ । यो लक्षण देखा पर्नासाथ नजिकैको एग्रोभेटमा गई हिलोसान, ट्राइसाइक्ना झोल, डोरीसाल, बेबीस्टिन झोल नामक औषधि खरिद गरी मात्राअनुसार प्रयोग गर्न पनि बाली संरक्षण अधिकृत चौधरीले किसानलाई सल्लाह दिनुभएको छ ।विभिन्न स्थानमा गरिएको धानखेतीमा रोग लागेपछि किसान चिन्तित बनेका छन् । तुलसीपुर नगरपालिकाका विभिन्न वडा, ढिकपुर, नारायणपुर र डुरुवा गाविसमा लगाएको धानखेतीमा ब्लास्ट र गुवारो रोग लागेको हो । जिल्ला कृषि विकास कार्यालय दाङले भने बीउ राख्ने समयमा बीउमा उपचारमा ध्यान नदिनु तथा बालीचक्र नहुनुले धानबालीमा रोग लागेको जनाएको छ । कार्यालयका बाली संरक्षण अधिकृत सहसराम चौधरीका अनुसार अधिकांश कृषकलाई बाली चक्रविधि थाहा रहेन, यसले गर्दा प्रत्येक वर्ष एउटै जातको धान त्यो पनि घरमा नै राखिएको बीउमा प्रयोग गरेका कारण धानबालीमा रोग देखापरेको हो ।
त्यस्तै गुवारो रोग धानको जराभन्दा माथिको भागमा लाग्ने गर्दा धानको गाज सुक्दै जाने गर्छ । यस रोगबाट बच्न पानीले पूरै खेत भर्नाका साथै निमको पात र फललाई मिचेर पानीमा हाल्न पनि उहाँको सुझाव छ । त्यसो गर्दा पनि नभए एग्रोभेटमा धानको बोट लगेर मात्र औषधि प्रयोग गर्न उहाँको सुझाव छ । जिल्लाका धेरै स्थानमा गरिएको धानबालीमा रोगको प्रकोप देखापर्न थालेपछि यस वर्ष धान उत्पादनमा २५ देखि ३० प्रतिशत गिरावट आउने अनुमान कृषि विकास कार्यालय दाङले गरेको छ । यस वर्ष जिल्लामा ३८ हजार २२८ हेक्टर जग्गामा धानखेती गरिएको जनाइएको छ ।
यसैबीच जिल्ला धानमा रोग लागेको कृषकको गुनासो आएपछि कृषि विकास कार्यालयले प्लान्ट क्लिनिक सञ्चालन गरेको जनाएको छ । डुरुवा गाविसमा धेरै रोगको प्रकोप बढेको गुनासो आएपछि प्लान्ट क्लिनिङ सञ्चालनमा गरिएको हो । त्यहाँ सञ्चानल गरिएको क्लिनिकमा किसानले आफ्नो खेतीमा देखिएको समस्यालाई टिपोट गराउने तथा रोग लागेको धानको बिरुवा प्रत्यक्षरुपमा देखाउने गरेका छन् । त्यसपछि कार्यालयबाट खटिएका कर्मचारीले उनीहरूलाई सल्लाह, सुझाव एवम् सही औषधि प्रयोग गर्न सुझाव दिनाका साथै अन्य बालीका बारेमा जानकारी दिने गरेको कार्यालयले जनाएको छ ।
अहिले क्लिनिकमा धानको बिरुवा लिएर आउने कृषकको भिड लागेको छ । धेरै किसानले सल्लाह पाएलगत्तै उपचार गर्न सुरु गरेपछि रोग नियन्त्रण हुन सक्ने अनुमान गरिएको जनाइएको छ । कृषि कार्यालयले अब यस्तो क्लिनिक जिल्लाका अन्य स्थानमा पनि चाँडै सञ्चालनमा ल्याउने जनाएको छ ।
No comments:
Post a Comment