राप्रपा नेपालको वडा विस्तार अभियान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २० भदौ ।
राप्रपा नेपाल सुर्खेत अहिले नगरपालिका क्षेत्रमा वडा विस्तार अभियानमा लागेको छ । नगरपालिकाका विभिन्न वडाहरुमा समिति गठन गरेको पार्टी बुधवार वीरेन्द्रनगर–१० मा वडा समिति गठन गरेको छ ।
पीताम्बर भट्टराईको अध्यक्षतामा गठन गरिएको १५ सदस्यीय समितिमा उपाध्यक्ष राजु केसी, सचिव प्रेम पुरी, कोषाध्यक्ष मदन विसी, सहसचिव जयबहादुर हमाल र सदस्यहरुमा कर्णबहादुर रोकाय, पवित्रा मल्ल, गणेशप्रसाद गौतम, मानबहादुर थापा, आत्माराम भट्टराई, यशोदा भट्टराई, निता पुरी, मायासरी भट्टराई, प्रेम सोमै र तारा केसी छन् । राप्रपा नेपाल सुर्खेतका अध्यक्ष भरतप्रसाद ढकाल, संगठन विभाग संयोजक मणिराम विष्टलगायतको सो अवसरमा उपस्थिति थियो ।

No comments:

Post a Comment