सुर्खेतपत्र संवाददाता
जुम्ला, १० पुस ।
जुम्ला जिल्लामा हाल २ सय ४ वटा खानेपानी आयोजना संचालनमा आएपनि ७४ मात्रै सुचारु रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जुम्लाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रममा किडार्क नेपाल जुम्लाका संयोजक मेघराज न्यौपानेले जिल्लामा संचालित २ सय ४ वटा खानेपानी आयोजनाको विस्तृत अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । खानेपानी आयोजनाको निर्माणपछि त्यसको सही रेखदेख गर्न समुदायलाई सचेत बनाउनुपर्नेमा सहभागीले जोड दिएका थिए ।जुम्ला जिल्लामा हाल २ सय ४ वटा खानेपानी आयोजना संचालनमा आएपनि ७४ मात्रै सुचारु रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जुम्लाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो ।
No comments:
Post a Comment