रेडवुल फुटबल प्रतियोगिता सुरु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० पुस ।
    जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा रेडवुल जिल्लास्तरीय फुटबल प्रतियोगिता मंगलवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष दिपक राईले बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
    प्रतियोगिताको पहिलो खेलमा संगम युवा मंच र जेनेरेसन युवा क्लव वीच भएको थियो । संगम युवा मंचले ७ गोली गरी विजय भएको थियो भने प्रतिस्पर्धी जेनेरेसन युवा क्लवले २ गोल फिर्ता गर्न सफल भएको संघका सचिव गणेश पन्तले जानकारी दिए ।
    जिल्लास्तरीय फुटबल प्रतियोगिता पुस २१ गतेसम्म संचालन हुने सचिव पन्तले जनाए ।
    फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न १० वटा टिमको सहभागिता रहेको छ ।

No comments:

Post a Comment