चुम्वन गरे– नगरेको पनि परीक्षण गर्न सकिने

    चुम्वन गर्दा ब्याक्टेरिया, र्‍याल मात्रै होइन केही जेनिटिक तत्व पनि सर्ने नयाँ खोजमा खुलासा गरिएको छ । चुम्वन गर्दा डिएन सर्ने वैज्ञानिकहरुले बताएका छन्, एक घन्टासम्म चुम्वनकर्ताको मुखमा डिएनए रहिरहने बताइएको छ । यो खोजका कारण कसैले जबर्जस्ती चुम्वन गरेमा त्यसको पनि प्रमाण जुटाउन सकिने भएको छ ।
    स्लोभाकियाको कोमेनियस विश्व विद्यालयमा नाटालियरा कमोडयोभा र उनका साथीहरुले यो खोज गरेका थिए । उनीहरुले १२ जोडी युवा युवतीलाई चुम्वन गर्न लगाएर यसको पुष्टि गरिएको हो । युवायवुतीहरुलाई २ मिनेटसम्म चुम्वन गर्न लगाएपछि उनीहरु स्यालिभा परीक्षण गरिएको थियो । र्‍याललाई ५, १०, ३० र ६० मिनेटमा लिइएको थियो ।
    यो प्रविधिबाट महिलाको मुखमा पुरुषको डिएनएमात्र परीक्षण गर्न सकिने नाटालियाले बताएकी छिन्, किनभने यो परीक्षण वाइ क्रोमोजोमको खोजीमा निर्भर रहन्छ । यो खोजका अनुसार चुम्वन गरेको १ घण्टासम्म महिलाको र्‍यालमा पुरुषको डिएनए रहिरहन्छ ।
 

No comments:

Post a Comment