लाजनीति भएको राजनीतिको कथा

नविन न्यौपाने (माधुर्य)
    नेपालको भुत, वर्तमान अनि भविष्यको राजनीतिलाई नियालेर हेर्दा त्यति प्रगति नभएको, नभइरहेको अनि नहुने अनुमान त हामी सबैले गरिसकेका, गरिरहेका अनि रहरहन सक्छौं । एक अर्कामा सहमति नहुनु, एकले अर्कोलाई दोष लगाउनु अनि विभिन्न पार्टीले आ–आफ्ना माग राखेर पूरा नभए आन्दोलनका कार्यक्रम तय गर्नु वर्तमान राजनीतिका विशेषता हुन् ।
    सहमति गर्न अब थोरै मात्रै छ भन्दै राजनीतिज्ञहरु आफ्नो मृत्युलाई थोरै समय कुर्न बाध्य छन् । अनि यता आशाले भरिएका जनताहरु नयाँ संविधान आउने समय कुर्न बाध्य छन् । राजनीतिज्ञहरुले कहिल्यै सम्मान अनि सत्कार त कदापि पाउन सक्नेछैनन् । यदि उनीहरुले सर्पले काँचुली फेरेझैं सधैंझैं बोली फेरिरहे भने ।
    नयाँ चुनाव गराउने भन्ने सन्दर्भ त घोषणा पत्रमै सीमित रह्यो । प्रधानमन्त्रीलाई त कहिले गृहमन्त्री त कहिले अन्य विपक्ष दलका शीर्ष नेताहरुले बर्खास्त गर्न आव्हान गर्ने त कहिले प्रधानमन्त्रीले  स्वयं आफू बर्खास्त हुन्छु जब सहमति हुन्छ भन्दै घ्याँक्रो सुकुन्जेल भनिरहने चाला हेर्दा प्रधानमन्त्री कहिल्यै पनि नहट्ने अनुमान हामी गर्न सक्छौं । सहमतिको बैठक थोरै गर्ने अनि आफ्नो पार्टीको कार्यक्रम धेरै गर्ने यो नेताहरुको प्रवृतिले यो देश झन् संकटमा जाँदैछ ।
    सहमति हुने बेलामा असहमति हुने बाटो सिर्जना गर्नमा पनि हाम्रा सम्माननीय नेताहरु खप्सि होइबक्सन्छ । हुने नहुने क्रियाकलापमा संलग्न भएर नेताहरुलाई पुलिसले तह लाएको समाचार सुन्दा त झन् एकादेशको कथा झैं लाग्छ । कुरा मिलाउनमा खप्पिस नेताहरुलई अदालती काममा सरुवा गर्नुपर्ने अनि ती अदालतका कर्मचारीको हातमा यो देश सुम्पिनु पर्ने अनि केही उन्नति प्रगति हुन्थ्यो कि †
    यो देश नेपाललाई स्वीट्जरल्याण्ड बनाउन त यो देश नेपालमा संविधान ल्याउन अब हामी नेपालीलाई कुनै हर्षको विषय रहन्न । किनकि हामी अहिले लाचार भइसकेका छौं । सबै राजनीतिज्ञहरुमा राम्रो सोचाइ र गराइको शुभेच्छा प्रकट गर्दै नेपालको भावी राजनीति लाजनीति बन्दै नजाओस् भन्ने कामना गर्दै म मेरा केही शब्द अनि विश्लेषण अथवा आलोचना व्यक्त गर्दर्ै मेरा भावना, दृष्टिकोणहरुलाई अन्त्य गर्दछु ।
 

No comments:

Post a Comment