डेकेन्द्रको गीत युट्युबमा (भिडियोसहित)

कोही त भैंसी ताराघाट,
धान पहेंलै मकै सेता
कोही त भैंसी वरम भिनाजु,
घुम कर्णाली फर्की यता
फाटेका टपरी चन,
धान पहेंलै मकै सेता
क्या भई मेरा कर्म भिनाजु,
घुम कर्णाली फर्की यता...

    माओवादीद्वारा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाले कर्णाली तीरमा बसेर कुनै बेला यसरी नै गाएका थिए । यो गीतलाई ध्रुव बस्नेतले खिचेका थिए ख्यालख्यालैमा । डेकेन्द्र हत्यालाई लिएर मुलुक तातिरहेका बेला ध्रुवले यो गीत सार्वजनिक गरेका छन् । पीडितलाई न्याय दिलाउने अभियानलाई बल पुर्‍याउन वृत्तचित्र निर्माता ध्रुवले यो गीतलाई बुधबार युट्युबमार्फत सार्वजनिक गरेका हुन् । कर्णाली किनारमा ढाका टोपी र खैरो इस्टकोट लगाएका डेकेन्द्रले दैलेखी भाकामा गाइरहेको भिडियो २ मिनेट २० सेकेन्ड लामो छ । ध्रुवले द्वन्द्वकालमा जिविसको काममा दैलेख जाँदा डेकेन्द्रले गरेको मित्रवत सहयोग र मिलनसार व्यवहारलाई पनि सम्झे । ‘यो भिडियो त्यही बेला खिचेको थिएँ,’ ध्रुवले भने, ‘उनी कर्णालीको तीरमा बसेर एकतमास गाइरहेका थिए, मैले जिस्किंदै कैद गरिहालें ।’ डेकेन्द्रसंगको पुरानो सम्झनाको चिनोलाई अहिले सान्दर्भिक लागेर सार्वजनिक गरेको उनले बताए ।
    कर्णालीको परिवेश, विकास र परिवर्तनका भाव झल्कने गीत गाएका डेकेन्द्र समाज रुपान्तरण र विकासबारे सधैं चिन्तन रहने व्यक्तित्व रहेको समेत ध्रुवले दाबी गरे । उनले ‘रक्ताम्य गराहरु’, ‘स्कुल्स इन द क्रस फायर’, ‘बरु मारिदिएको भए जाति हुन्थ्यो’ जस्ता द्वन्द्व सम्बन्धी डकुमेन्ट्री बनाइसकेका छन् । 

No comments:

Post a Comment