चामल बोकेको भन्दै २ बस रोकिए

सुर्खेतपत्र संवाददाता 
कालिकोट, ५ माघ ।
    मुगुका लागि ल्याइएको विश्व खाद्य कार्यक्रमको चामल यात्रुवाहक बसमा बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालय कालिकोटले मान्ममा चामलसहित दुईवटा गाडी रोकेको छ ।

    क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले गत असोज ४ गते यात्रुवाहक बसमा सामान हालेको खण्डमा यातायातका साधनमा रोक लगाउने उर्दी जारी गरेपनि ट्राफिक प्रहरीको मिलोमतोमा बसले त्यस्ता सामान बोक्न थालेकोमा स्थानीयवासीले विरोध जनाएपछि दुईवटा गाडीलाई जरिवाना गरेर मुगु पठाइएको छभने दुईवटा गाडी कालिकोटमा रोकिएको छ ।
 

No comments:

Post a Comment