सुर्खेतपत्र संवाददाता
नेपालगन्ज, १५ माघ ।
बाँके बैजापुर वडा नं. २ बेलासपुरका लौटन चौधरी विदेश जानलाई निकै छटपटाइ रहेका थिए । घरमा बसेर केही काम नभएका कारण बेरोजगारीले उनलाई सताइरहेको थियो । उनी यताउता चारैतिर भौंतारिए, तर रोजगारीको कुनै मेसो पाएनन् । त्यसपछि उनी विदेश जानेपनि निधो गरे । विदेशबाट फर्किएकाहरुको दु:ख, पीडा सुन्दा दिकदार लागेर आयो र उनको मनबाट विदेश जाने रहर पनि हरायो ।
त्यसपछि लौटनले योजना बनाए आफ्नै ठाउँमा केही गर्नुपर्छ भने र कस्सिए कुखुरा पालनतर्फ । अहिले उनको आफ्नै घरमा कुखुरापालन व्यवसाय फस्टाएको छ । रातमा कुखुरालाई उज्यालो दिनका लागि उनले सोलार पावरबाट विजुली बाल्ने गरेका छन् । कुखुरापालनबाट उनले मनग्य आमदानी गरेका छन् । उनी कुखुरापालनमा व्यस्त छन् । विहानदेखि बेलुकासम्म लौटन कुखुराको सेवा, सुसार गर्नमै तल्लिन हुन्छन् । त्यति मात्र कहाँ हो र, कुखुराको खोरमै सुत्छन् र रातमा पटकपटक दाना हाल्न उठ्छन् ।बाँके बैजापुर वडा नं. २ बेलासपुरका लौटन चौधरी विदेश जानलाई निकै छटपटाइ रहेका थिए । घरमा बसेर केही काम नभएका कारण बेरोजगारीले उनलाई सताइरहेको थियो । उनी यताउता चारैतिर भौंतारिए, तर रोजगारीको कुनै मेसो पाएनन् । त्यसपछि उनी विदेश जानेपनि निधो गरे । विदेशबाट फर्किएकाहरुको दु:ख, पीडा सुन्दा दिकदार लागेर आयो र उनको मनबाट विदेश जाने रहर पनि हरायो ।
‘न सोचेको कुरा पनि हुँदोरहेछ । म विदेश जान लागेको मान्छे आज कुखुरा पालनमा लाग्न पुगे’ लौटनले भने, ‘मेरो कुखुरा व्यवसाय यति फस्टाउला भन्ने मैले सोचेको पनि थिएन । राम्रो चलेको छ । म निकै खुशी छु ।’ यस व्यवसायबाट उनको ३० जनाको परिवार पालिएको छ ।
बाँकेको राप्तीपारी दिनेश फ्रेस हाउस भनेपछि नचिन्ने सायद कोही छैन । गत वैशाख महिनाबाट कुखुरापालन सुरु गरेका लौटनले हालसम्म तीन लाख मूल्य बराबरको कुखुरा विक्री गरिसकेका छन् । ‘यति विक्री हुन्छ कि म दिनभरी कहीं पनि जान पाउँदिन । मलाई आजभोलि सबैले भन्छन् ‘तपाईंलाई त यहीं विदेश भयो भनेर ।’ लौटनले प्रसन्न मुद्रामा भने ।
उनले एक पटकमा चारसय कुखुराका चल्ला राख्ने गरेको वताउँदै ती चल्लाहरु ३० दिनमा विक्रीका लागि तयार हुने गरेको वताए । ‘एक किलो ५० ग्राम तौलदेखि विक्री सुरु हुन्छ । तीन, चार किलो पुग्दासम्म विक्री भइरहन्छन्’ उनले भने । उनले प्रति किलो १ सय ७० रुपैयाँका दरले कुखुरा बेच्ने गरेको वताए । उनी बेरोजगार सबैलाई भन्न चाहन्छन्, ‘हामी अरुको देशमा गएर दु:ख गर्नुभन्दा आफ्नै देशमा केही गरौं, गर्नसके यहीं छ पैसा, विदेश जानु पर्दैन ।’
लौटन मात्र होइन बैजापुर–१ नवलपुरका नेगबहादुर विक पनि कुखुरा पालनप्रति आकर्षित भएका छन् । हरेक वर्ष रोजगारीका लागि मुगलान जाने गरेका उनी एक वर्षदेखि घरमै कुखुरा व्यवसाय गरेर बसिरहेका छन् । उनले भने, ‘थोरै भएपनि पैसा आइरहेको अर्काको देशमा गएर दु:ख गर्नुपरेको छैन । दुई छाक खान र लाउन पुगेको छ ।’
एकले अर्काको सिको गरेर यस गाविसमा आधा दर्जन कुखुरा फाराम खुलेका छन् । यी कुखुरा व्यवसायीहरुले धेरथोर जे भएपनि आम्दानी भइरहेको वताउँछन् । उनीहरुले बेरोजगार सबैलाई आफ्नै देशमा कुनै न कुनै व्यवसाय गर्न सुझाव दिन्छन् ।
No comments:
Post a Comment