माछाको तेलले राख्छ जवान

    एक नयाँ अध्ययनले नियमित व्यायामसंगै माछाको तेल नियमित सेवन गर्ने मानिसमा बुढ्यौलीको समस्या छिटो नदेखिने तथ्य पत्ता लगाएको छ । माछाको तेलमा पाइने खास तत्वले शरीरका मांशपेशीलाई तन्दुरुस्त बनाउने र यसो हुँदा पाको उमेरमा समेत मानिस तन्दुरुस्त तथा जवान देखिने शोधकर्ताहरूको भनाइ छ । माछाको तेलमा पाइने ओमेगा थ्री फ्याट्रिक अम्ल बुढोपना रोक्नमा कामयावी हुने बताइएको छ ।
जैतुनको तेलको प्रयोग गर्नेमा भन्दा माछाको तेल प्रयोग गर्ने मानिसको मांशपेशी बढी मजबुत पाइएको छ । यो शोध अपेक्षाकृत रुपमा कम मानिसमा गरिएको र यसलाई अझै पुष्ठि गर्न अझै धेरै जनसंख्यामा परीक्षण गर्ने योजना शोधकर्ताहरूको छ । बेलायतको एबरडिन विश्वविद्यालयका शोधकर्ताहरूले गरेको यो शोध अनुसार माछाको तेल नियमित सेवन गर्ने मानिसमा हृदयाघातको खतरा पनि कम हुन्छ । उमेर बढेसंगै मानिसको मांशपेशी कमजोर बन्ने तथा तन्तुहरू नष्ट हुने समस्या देखा पर्छ, यसलाई सार्कोपेनिया भनिन्छ ।
 

No comments:

Post a Comment