‘सामन्तवादले देश जर्जर’

सुर्खेत, १३ माघ ।
    नेपाल मजदुर किसान पार्टीका विदश विभाग प्रमुख प्रेम सुवालले सामन्तवादलाई जरैवाट फाल्न नसक्दा देशको जर्जर भएको बताए । उनले सम्पूर्ण सामान्तीवादलाई नफालेर राजतन्त्रलाई मात्रै फाल्नाले देशको अवस्था दिनप्रतिदिन विग्रदै गइरहेको जनाए ।
    पार्टीको ३९ आंै स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले राजतन्त्र, माओवादीमात्रै नभइ एमाले र कांग्रेसपनि सामन्तवाद र पुँजीवादी भएकोले यी सबैको विरुद्धमा जनता लड्नुपर्ने उल्लेख गरे । माओवादी मात्रै नभएर एमाले–कांग्रेसपनि सत्ताकै लागि आन्दोलन गरेको आरोप उनले लगाए । दुई दलले पनि सत्ता नहुन्जेल मात्रै जनताका नाममा भ्रम फैलाएको आरोप उनको छ । सरकारमा नभएका दुई ठूला दल सरकारमा नहुन्जेलमात्रै भारतको विरोध गर्ने भन्दै सत्तामा गएपछि उनीहरु पनि पुन भारतको गुनगानमा लाग्ने आरोप सुवालले लगाए । पार्टीको छैंठौ जिल्ला सम्मेलनका संयोजक मणिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी किसान पार्टीका केन्द्रीय सल्लाहकार वासु कान्छा वाशुखले पनि अहिलेका ठूला दलहरु पुँजीवादी र सामन्तवादी रहेको आरोप लगाए । उनले एमाले नामको मात्रे कम्युनिष्ट भएको आरोप लगाए ।

No comments:

Post a Comment