ठूला आन्दोलन महिला सक्रियताले सफल

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ माघ ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव सुमित्रा विसीले मुलुकमा भएका ठूला आन्दोलनहरु महिला सक्रियताले मात्रै सफल भएको दावी गरेकी छन् । उनले अव हुने आन्दोलनमा पनि महिलाकै सक्रिय सहभागिताको आवश्यकता भएको बताइन् ।
संघको ५ औं जिल्ला सम्मेलनको उद्घाटनका क्रममा उनले महिला सक्रियता नभएको भए मुलुकमा भएका आन्दोलनहरु सफल नहुने जिकिर गरिन् । कार्यक्रममा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले महिलाको सहभागिता नभए आगामी दिनमा हुने आन्दोलनपनि सफल नहुने भन्दै सक्रिय सहभागिताको आव्हान गरे । संघ सुर्खेतका अध्यक्ष नन्दा शर्माको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभासद कमला शर्मा, विना ज्ञवाली, एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य बालाराम शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए । 

No comments:

Post a Comment