पदम दाहाल
आजको समयमा सहकारी संघसंस्थाहरुमा आवद्ध हुने जनसंख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सरकारी संघसंस्थामा शेयर सदस्य भएपछि समाजका लागि मात्र नभएर आफ्नो लागि पनि राम्रो हुने भएकैले पनि सहकारीप्रति धेरै मानिसहरु आकर्षित हुने गरेको हो नै । सहकारीको मूल मर्म नै ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने हो । यसकारण मानिसहरुले एक्लैले गर्न नसकिने काम धेरै मिलेर गर्न सकिन्छ । आज गाउँ–गाउँमा सहकारी संस्था खोलेर आफूलाई आर्थिक, सामाजिक गाह्रो, अप्ठ्यारो फुकाउन केही हदसम्म कामहरु सिद्धभएका छन् । यस्ता सामाजिक एकता हाम्रो पुर्खाले गर्दै आएकै थिए । जब देशमा प्रजातन्त्रको प्राप्तिसंगै सहकारी ऐन २०४८ र सरकारी ऐन २०४९ को व्यवस्थापछि सहकारी क्षेत्रको आकार फराकिलो भएर आयो । यसपछि सहकारी संघसंस्थामा सदस्य भएकाहरुको क्षमताबृद्धि भएको छभने सहकारी क्षेत्रले आफ्नो अभियानलाई द्रुत गति लियो ।
जब सरकारले सुपथ मूल्यका सहकारी पसलहरु संचालन गर्न वीऊ पूँजीका रुपमा रु. १ लाख दिने घोषणा गरेपछि सहकारी क्षेत्रले अझ चर्चा बटुल्न पुग्यो भने अन्तरिम संविधानमा पनि सहकारी, निजी र सरकारी तीन क्षेत्र आर्थिक मेरुदण्डका रुपमा स्थान प्राप्त गर्न सफल रह्यो । यसका साथै जब संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई सहकारी वर्षको रुपमा घोषणा गर्दा यसको महत्व झनै बढेको हो । सहकारी अन्तर्राष्ट्रिय समुदायका लागि एक साथ आर्थिक सम्भाव्यता र सामाजिक उत्तरदायित्व खोज्न सम्भव छभन्ने कुराको द्योतक हो भन्ने संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको भनाइ रहेको छ । यस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष डेम पउनलिनले पनि सहकारी अन्य व्यवसायभन्दा सहकारीमार्फत गरीबका व्यवसाय राम्रो रहेको भनाइ छ । सहकारी वर्ष घोषणा गरिएको सन् २०१२ मा के–कस्ता उपलब्धीहरु रहे त भन्ने विषयमा समीक्षा हुनु आवश्यक छ । आजको समयमा सहकारी संघसंस्थाहरुमा आवद्ध हुने जनसंख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । सरकारी संघसंस्थामा शेयर सदस्य भएपछि समाजका लागि मात्र नभएर आफ्नो लागि पनि राम्रो हुने भएकैले पनि सहकारीप्रति धेरै मानिसहरु आकर्षित हुने गरेको हो नै । सहकारीको मूल मर्म नै ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने हो । यसकारण मानिसहरुले एक्लैले गर्न नसकिने काम धेरै मिलेर गर्न सकिन्छ । आज गाउँ–गाउँमा सहकारी संस्था खोलेर आफूलाई आर्थिक, सामाजिक गाह्रो, अप्ठ्यारो फुकाउन केही हदसम्म कामहरु सिद्धभएका छन् । यस्ता सामाजिक एकता हाम्रो पुर्खाले गर्दै आएकै थिए । जब देशमा प्रजातन्त्रको प्राप्तिसंगै सहकारी ऐन २०४८ र सरकारी ऐन २०४९ को व्यवस्थापछि सहकारी क्षेत्रको आकार फराकिलो भएर आयो । यसपछि सहकारी संघसंस्थामा सदस्य भएकाहरुको क्षमताबृद्धि भएको छभने सहकारी क्षेत्रले आफ्नो अभियानलाई द्रुत गति लियो ।
सन् १८४४ देखि संचालनमा आएको सहकारीको इतिहासले १६८ वर्ष पार गरेको छ । नेपालको हकमा भने मात्र सहकारी विभागको गठन २०१० र संस्था स्थापना २०१३ चैत्र २० गते भएकोले त्यति लामो भएको छैन तापनि नेपालमा सहकारीको गतिविधि बढेकै देखिन्छ । २०६९ असार मसान्तसम्मको राष्ट्रिय तथ्यांकले देखाएको डाटा यसप्रकार रहेको छ । राष्ट्रिय सहकारी संघलगायत केन्द्रीय, जिल्ला र विषयगत संघहरुको कूल संख्या २ सय ५८ छभने संघ संस्थाहरु गरी कूल २६ हजार ५ सय रहेका छन् । यस सहकारी क्षेत्रमा रहेको जनसंख्यामा महिला १३ लाख ३४ हजार ५ सय ५१ जना र पुरुष २७ लाख ९ हजार ९ सय २ गरी कूल ४६ लाख ४७ हजार ५ सय ४९ जना रहेका छन् । सहकारी संघसंस्थामा काम गर्ने कर्मचारीमा महिला ५४ हजार ७ सय ५० जना र पुरुष २१ हजार ३ सय ४९ जना गरी कूल ७६ हजार ९९ जनाले सेवा गरिरहेका छन् । यसरी गतिशील रहेको सहकारी क्षेत्रमा शेयर पूँजी कूल रु. हजारमा २,७०,९५,१५१ देखिन्छभने बचत निक्षेप रु. हजारमा २०,८८,०६१७९ रहेको तथ्यांकले देखाएको छ । कूल लगानी रु. हजारमा १३,२४,४७,९३३ भएको कुरा सहकारी विभाग र राष्ट्रिय सहकारी संघ लि. बाट प्रकाशित भएका पुस्तक र सहकारी सन्देशहरुले प्रष्ट पारेका छन् । सुर्खेतको सहकारी संस्था पुगनपुग ५ सयको हाराहारीमा रहेको छ । यसरी हेर्दा सहकारी वर्षले के–कति छाप छोडेर गयो त भन्दाखेरी तल उल्लेखित उपलब्धी देखिन्छ ।
सहकारी वर्षले विश्वका सबै देश र नागरिकहरुलाई सहकारी सम्बन्धी चेतना र जागरुक बनाएको छ । विभिन्न देशहरुमा भएका सभा, गोष्ठीहरुबाट सहकारी सम्बन्धी ज्ञानसीप आदानप्रदान भएको छ । नेपालमा यसैवर्ष सहकारी मन्त्रालय स्थापना भै सहकारीले प्रशासनिक स्थान प्राप्त गरेको छ । सहकारीको सप्तरंगी झण्डा संसारको अग्लो स्थान सगरमाथाको चुचुरोमा फहराइएको छ । रु. २० दरका हुलाक टिकट प्रकाशन भएका छन् । यसैगरी नेपाल राष्ट्रबैंकले सहकारी वर्ष विशेष रु. १०००, ५००, १०० र ५० का चाँदीका सिक्कासमेत मुद्रण गरी सहकारी वर्षको ऐतिहासिक महत्व प्रदान गरेको छभने विभिन्न सहकारी संघसंस्था सक्रिय सहकारीकर्मी धारा प्रकाशित सहकारी पुस्तकहरु प्रकाशनसमेत भएका छन् । खिशर गोष्ठीहरु र सहकारी प्रबद्र्धन विषयक राष्ट्रिय गोष्ठीहरु गरिएका छन् धेरै ठाउँहरुमा गाउँ विकासहरुको नामाकरण सहकारीका नाममा गरिएको छ । हालसम्म गठन हुन नसकेको बहुउद्देश्यीय सहकारी संघको केन्द्रीय संघ र केही जिल्ला संघ समेत यसैवर्ष गठन
(दर्ता) भएका छन् । राष्ट्रिय सहकारी संघ, सहकारी विकास वोर्ड र सहकारी विभाग र केद्रीय संघहरुको सक्रियतामा ३–३ वर्षे सहकारी विकास रणनीति योजनासमेत बनाइ कार्यान्वयनमा लागेको छभने केही सहकारी संख्याहरु एकीकरण भए र बलियो हुने बाटोतिर लागेका छन्, धेरै सहकारी संघ संस्थाहरुले सहकारी अक्षयकोष स्थापना गरेर सहकारीको दिगो विकासलाई टेवा पुर्याउने कोशिश गरेका छन् सहकारी क्षेत्रमा आबद्ध जनसंख्या दिनप्रतिदिन थपिंदै छ । यति हुँदाहुँदै पनि खास ठोस उपलब्धी आशा गरे अनुसार हुन सकेको देखिएन । उत्पादकत्वतिर नभएर प्रचारात्मक बढी भएको सहकारी वर्ष सफल पार्न गठित जिल्लामा स्थानीय विकास अधिकारी संयोजक रहेको कार्यान्वयवन समितिले पनि सहकारी सम्बन्धी गर्नुपर्ने कार्य सन्तोषजनक नगरेको सहकारीकर्मीहरुको गुनासो रहेको देखिन्छ । झन् यसैवर्ष सहकारी संघ संस्थाहरुको गतिविधिले पारेको नकारात्मक कार्यको समाचार जगतले पनि बढी नै स्थान पायो । यसैले यो वर्ष आंशिक सफल रह्यो भन्दा फरक नपर्ला ।
(लेखक जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका अध्यक्ष हुन् )

No comments:
Post a Comment