बंगुर हराएपछि भोकभोकै

रुकुम, १६ माघ ।
बंगुर पालेर आयआर्जन बढाउने उत्साहका साथ बंगुर खरिद गरेका आठविसकोट–२ राडीका नेत्रबहादुर वादी पाँच दिनदेखि भोकभोकै भौतारिरहेका छन् । रुघा गाविस–२ सिमु्रतु बजारबाट खरिद गरेर ल्याएको बंगुर बाटोबाटै चोरी भएपछि पाँच दिनदेखि उनले पानीसमेत नपिएको नेत्रसंगै हराएको बंगुर खोजीमा लागेका मंगल वादीले बताए ।
    महिला तथा बालबालिका कार्यालयले आयआर्जनका लागि  वादी समुदायका लागि प्रदान गरेको रकमबाट नेत्रबहादुरले बंगुर किनेका थिए । गत १२ गते सिम्रुतुबाट बंगुर किनेर राडीस्थित घरतर्फ जाने क्रममा रात परेपछि सदरमुकाम खलंगा–५ माछ्मिमा बास बसेको बेलामा बंगुर हराएको नेत्रबहादुरले बताए । बंगुर हराएको दिनदेखि नै नेत्रबहादुरसहित उनका आधा दर्जण आफन्त बंगुरको खोजीमा छन् ।
 

No comments:

Post a Comment